दमौलीबाट पोखरा आउँदै गरेको बस रुपामा दुर्घटना, एक घाइते

दमौलीबाट पोखरा आउँदै गरेको बस रुपामा दुर्घटना, एक घाइते

ruap_bus_acc

पोखरा । दमौलीबाट पोखरा आउँदै गरेको बस रुपा गाउँपालिका–५ बित्यानीमा दुर्घटना हुँदा एकजना यात्रु घाइते भएका छन् ।

दमौलीबाट पोखरा आउँदै गरेको ग १ ख ७८०७ नम्बरको यात्रुवाहक बस रुपा गाउँपालिका–५ बित्यानीमा आज बिहान दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

बस दुर्घटना हुँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ घर भएका ६० वर्षीय सोमबहादुर परियार घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचनाअधिकारी मिनबहादुर खड्काले जानकारी दिए । घाइते परियारको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएको छ ।

दमौली–पोखरा सडक खण्ड निर्माणाधिन रहेकाले बस भित्री सडकबाट पोखरा आउँदै गर्दा बित्यानीमा ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds