पोखरा । सूर्य अधिकारी र विश्व अधिकारीको जोडीले पोखरा महानगरपालिका वडा नम्बर ८ को आयोजना गरेको तेस्रो वडाध्यक्ष कप व्याडमिन्टन प्रतियोतिगता २०८१ को उपाधि जितेको छ ।
५० वर्षभन्दा मुनिको उमेर समूहमा अधिकारीको जोडीले सूर्य पौडेल र एक मगरको जोडीलाई २ शून्यको सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।
युनिक ब्याडमिन्टन पोखराको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० वर्षभन्दा माथिको उमेर समूहमा उपेन्द्र श्रेष्ठ र राम श्रेष्ठको जोडी प्रथम भएको छ । सो जोडीले सरोज श्रेष्ठ र चिजकाजी गुरुङ २ शून्यको सोझो सेटले पराजित गरी प्रथम भएको हो ।
बराल पार्टी प्यालेसको ब्याडमिन्टन कोर्टमा भएको प्रतियोगितामा ५० वर्षभन्दा मुनिको उमेर समूहमा देवेन्द्र गुरुङ र चुमानसिंह थापा, रामचन्द्र रामदाम र रामकृष्ण तिमिल्सिनाको जोडीले तृतीय पुरस्कार पाएको रेफ्री पुकार गुरुङले जानकारी दिए ।
५० वर्ष माथिको उमेर समूहमा जुक्तमान गुरुङ र रवीन घमाल, क्रान्ति पौडेल अधिकारी र शोभा गुरुङको जोडीले तृतीय पुरस्कार हात पारेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने जोडीलाई क्रमश १५ हजार, १० हजार र ५/५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरियो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बराल, वडा सचिव सविता ढुंगाना पौडेल, युनिक ब्याडमिन्टन क्लब पोखराका अध्यक्ष जुक्तमान गुरुङले विजयी खेलाडीलाई ट्रफी, मेडल, पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन