पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको पाँच किमी विद्यार्थी सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर प्रथम भए । छात्रातर्फ गौरीशंकरकी कविता मगरले उपाधि जितिन् ।
तेञ्जेनले ६ सय १३ जना धावकलाई पछि पार्दै निर्धारित दुरी १६ मिनेट ५७ सेकेण्डमा पूरा गरेका हुन् । छोरेपाटनकै प्रकाश थिङ दोस्रो र अक्सफोर्डका ईश्वर ढकाल तेस्रो भए । उनीहरुले निर्धारित दुरी १७ मिनेट १२ मिनेट र १७ मिनेट ४७ सेकेण्डमा पूरा गरेका हुन् ।
यस्तै, छात्रातर्फ प्रथम कविताले निर्धारित दुरी पार गर्न २२ मिनेट ३२ सेकेण्डमा पूरा गरिन् । उनले दौडमा दुई सय ५३ जनालाई पछि पारेकी हुन् । छात्रातर्फ मेघराज आधारभूत माविकी एन्जिला जिटी दोस्रो र छोरेपाटनकी साधना सेवा तेस्रो भइन् ।
छात्रछात्रा दुवैतर्फ प्रथम, दोस्रो र तेस्रोले क्रमशः सात, पाँच र तीन हजार साथमा पदक र प्रमाणपत्र पुरस्कार पाए । चौथोदेखि १०औं स्थान प्राप्त गर्ने विद्यार्थीलाईसमेत पदक र प्रमाणपत्र दिइएको थियो ।
दौडमा ४४ विद्यालयका ट सय १४ छात्र र दुई सय ५४ छात्रा गरी आठ सय ६८ जनाले भाग लिएका थिए ।
विजयीलाई गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, वडाध्यक्ष शाहारा प्रधान, नेपाल भूतपूर्व खेलाडी मञ्चका कावा अध्यक्ष दिलबहादुर गुरुङ, अग्रज खेलाडी खड्गबहादुर रानाभाट, विद्यालय अध्यक्ष रामविक्रम राणा, प्रधानाध्यापक ईश्वरी सापकोटा, हीरक महोत्सव खेलकुद उपसमिति संयोजक एवं ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
विजेतालाई नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रोत्साहनस्वरुप पोखरा म्याराथन लोगोअंकित टिसर्ट प्रदान गरेको थियो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन