काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गर्दै ५१ औँ दिन पुरा गरेको छ ।
अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘महाजात्रा’ ले शनिवार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज, सिनेडी सेफ र मोफसलमा नेपालगञ्जमा रहेको सिने रोयलमा प्रदर्शनको ५१ औँ दिन पुरा गरेको हो ।
गत वर्ष विसं २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरू गरिएको ‘महाजात्रा’ ले अहिलेको समयमा समेत ५१ औँ दिनको यात्रा तय गर्नु सुखद खबर रहेको अभिनेता हरिवंश आचार्यले बताए । षट्कोण आर्ट्सद्वारा ५१ औं दिनको अवसर आयोजित विशेष समारोहमा सहभागी हुँदै उनले अहिले नेपाली फिल्मलाई दर्शकहरूबाट प्राप्त मायाका लागि आभार व्यक्त गरे ।
‘यो शृङ्खलाका अघिल्ला फिल्म झैँ यसपटक पनि काठमाडौँ उपत्यकाका १२ र मोफसलमा १ गरी तेह्र हलमा ५१ औँ दिनको यात्रा पार गरेको छ । दर्शकले नै फिल्म राम्रो छ भनेपछि प्राप्त प्रतिक्रियाले यो सफलता पाएका छौँ । दर्शकलाई जती धन्यवाद दिएपनि कम हुन्छ’, अभिनेता आचार्यले भने,‘अहिले नेपाली फिल्मलाई दर्शकले साथ दिईरहेका छन् । प्रदर्शन भएका फिल्मले घरेलु बजार र विदेशी बजारमा राम्रो व्यापार गरिरहेको छ । यसले यो वर्ष नेपाली फिल्मका लागि सुखद हुने देखिएको छ ।’

आयोजित समारोहमा अभिनेता आचार्यसँगै रवीन्द्र झा, शिशिर वाङ्ग्देल, दिव्य देव, अरविन खड्का एसोसियट निर्देशक जेवी रुवाली, प्रोडक्सन म्यानेजर रुपकप्रताप अधिकारी लगायत सहभागी थिए । फिल्मका मुख्य कलाकार विपिन कार्की र वर्षा राउत एक फिल्मको छायांकनको लागि अमेरिका रहेको र निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्री भारतमा रहेकाले कार्यक्रममा सहभागी हुन् सकेनन् ।
निर्माता खत्रीले नेपालमा फिल्मले सोह्र करोड आठ लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको जानकारी दिएका छन् । ‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ । आगामी दिनमा दर्शकको भरोषालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने छौँ । हामीले नयाँ फिल्म विसं २०८२ को दसैँमा ल्याउने छौं’, निर्माता खत्रीले भने ।
उनले अन्तर्राष्ट्रियबजार बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको समेत बताए । अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले डायस्पोरामा फिल्मको खडेरी हटाउन सफल भएको जनाएको छन् । उक्त कम्पनिका अनुसार सिड्नीमा ३५ भन्दा बढी शो भईसकेको छ । यो अहिलेसम्मको सिड्नीमा कुनै नेपाली फिल्मको भएको सर्वाधिक शो हो ।

यसका साथै फिल्मले घोषणा गरेको ‘महाजात्राको महाजोडी’ फोटो प्रतियोगिताको विजेता प्रविनजंग थापा र प्रकाश के बुढाले एक÷एक थान मोबाइल प्राप्त गरेका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।
सम्बन्धित खबर
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
मालपोत कार्यालयको नाम परिवर्तन
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’