पोखरा महानगरपालिका ३३ बरपाण्डेथुमस्थित शान्ति उदय उच्च माविको कार्यालय, कक्षाकोठा तोडफोड गरी ल्याप्टप लगायत विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले ४ बालकलाई प्रकाउ गरेको छ ।
विद्यालयको कक्षाकोठा, कार्यालय तोडफोड गरेर ल्याप्टप, ईलेक्ट्रोनिक डिभाईसहरु चोरी गरेको आरोपमा प्रहरीले शनिबार ४ बालकलाई प्रकाउ गरेको हो ।
पोखरा ३३ बरपाण्डेथुमस्थित विद्यालयको कार्यालय, कक्षाकोठा तथा कम्प्युटर ल्याव शाखाको ढोका फोरी चोरी भएका विभिन्न कम्पन्नीका १० थान ल्याप्टप, ७ थान चार्जर, ५ थान माउससहित ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले टोलिले बालकहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

उनका अनुसार बालकहरुले विद्यालयको ल्याप्टप, कम्प्युटर,सिसि क्यामेरा, सिसिटिभि मटिनर, लाईट, प्रोजेक्टर,साउण्ड स्पीकर कन्ट्रोलर,स्टेशनरी कागजातमा समेत क्षति पुर्याएको बताए ।
विद्यालय तोडफोड गरी ल्याप्टप लगायतका सामान चोरी गरेको आरोपमा प्रकाउ परेका चारै जना बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन