पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सञ्चालित ‘खेल्छ गण्डकी’ अन्तर्गत प्रशिक्षण लिइरहेका दर्जन खेलाडीलाई प्रोत्साहन स्वरुप पोखरा वडा नं. १५ कार्यालयले सहयोग गरेको छ ।
खेल्छ गण्डकी कार्यक्रममा सहभागी वडाका १२ जना खेलाडीलाई प्रोत्साहन गर्दै वडाले सहयोग गरेको हो ।
गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा विपन्न वर्गका बालबालिकाका लागि ६५ दिने टेनिस प्रशिक्षणमा सहभागी उनीहरुलाई जनही तीन हजारका दरले ३६ हजार बराबरको पौष्टिक आहार प्रदान गरेको वडाध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए ।
जिल्ला खेलकुद कास्कीका अध्यक्ष समेत रहेका वडाध्यक्ष बाँनियाले आफ्नो वडाले पूर्वाधार विकासमा मात्रै नभई वडावासीलाई स्वस्थ राख्न खेलकुदलाईसमेत प्राथमिकतामा राखेको बताए ।

खेल्छ गण्डकी कार्यक्रम प्रदेश खेलकुदको बहुआयामिक कार्यक्रम मध्येको एक रहेकोले यस कार्यक्रममार्फत् खेलाडी उत्पादनमा समेत उत्तिकै महत्वपूर्ण रहेको उनको भनाई थियो ।
वडा सदस्य आशिष भण्डारीका अनुसार सोहि कार्यक्रममा हालै सम्पन्न पोखरा महानगरस्तरीय ब्याडमिन्टनमा पदक जित्न सफल खेलाडी तिलमायाँ राना, मनु राना, प्रदिप श्रेष्ठ र डोलराज आलेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । यस्तै, ब्याडमिन्टन प्रशिक्षक एवं रेफ्रि ज्ञानेन्द्र भण्डारीलाई समेत सम्मान गरेको थियो ।
उक्त प्रतियोगितामा वडा नं. १५ ले सिंगल्स मेन्सतर्फ रजत, मेन्स र वमेन्स डबल्समा काश्य पदक जितेको थियो । कार्यक्रममा गण्डकी खेलकुद परिषद् सदस्य केशव पाठक, कार्यपालिका तथा वडा सदस्य मन्दिरा परियार, वडा सदस्यहरू बलराम पौडेल, सेतीमाया गुरुङ, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित खबर
सन्दिपको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टी– २० क्रिकेटको फाइनलमा
गण्डकी प्रदेशस्तरीय पुरुष टी– २० क्रिकेटः तनहुँ र स्याङजाको जित, तनहुँको जितमा कृष ऐरको शतक
दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजय रानामगरलाई
गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट सुरुः स्याङ्जा र तनहुँको जित
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार