पोखरा महानगरपालिका वडा नं २९ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । वडाका सबै बालबालिकालाई पूर्ण खोपका मात्र प्रदान गरिएकाले सो घोषणा गरिएको वडाध्यक्ष श्रीप्रसाद गुरुङले बताए ।
वडाले चालु आर्थिक वर्षको १० महिनामा वडा भित्र रहेका १६ देखि ५९ महिनाका सात सय १८ जना र १५ महिनासम्मका दुई सय आठ बालबालिकाको लागि आवश्यक पर्ने १३ प्रकारका खोपको मात्र पूरा गरेकाले पूर्ण खोप सुनिश्चितता तथा दीगोपन वडा घोषणा गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनश्वास्थ्य निरीक्षक महेन्द्र गुरुङले वडाध्यक्ष श्रीप्रसाद गुरुङलाई पूर्ण खोप सुनिश्चिताको प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा सहरी स्वाथ्य केन्द्रका प्रमुख विशाल पौडेल, वडा सचिव दुर्गा न्यौपाने, खोप समोन्वय समितिका सदस्य बाबुराम सुवेदी,कार्यपालिका सदस्य निर्मला पौडेल,वडा खोप समन्वय समिति पोखरा २९ की फोकलपर्सन सावित्रा लामिछाने,व्यवस्थापन समितिका सदस्य चेतबहादुर गुरुङले बच्चा देखि आमाको स्वास्थ्यलाई समेत ख्यालमा राख्दै स्वास्थ्य परमर्श र घरघरमा पुगेर समयमा नै खोप लगाउनसफल भएको बताएका थिए ।
सम्बन्धित खबर
‘पोखरा एक्स्चेञ्च एण्ड टेस्ट ड्राइभ कार्निभल’ शुरू, ५ ब्राण्डका इभी गाडी फाइनान्स र इन्स्योरेन्स सुविधा
पोखरा १५ बृहत् खेलकुद महोत्सवः शुक्रबार विभिन्न खेल सम्पन्न, शनिबार समापन हुँदै
पोखरामा भोलिदेखि इभी एक्स्चेञ्ज एन्ड टेस्ट ड्राइभ कार्निभल, ५ वटा ब्राण्ड एकै ठाउँ
सम्झनामै सीमित ‘पोखराको सम्झना’
पृथ्वीचोक बसपार्कमा स्थानीयको सक्रियतामा ढलानसहितको पक्की बाटो निर्माण [फोटो/भिडियो]
विदेश पलायन हुनेभन्दा देश बनाउने कुरामा ध्यान दिनुस् : प्रधानमन्त्री ओली
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर