तनहुँको व्यास नगरपालिकामा निर्वाचन भएको दुई वर्षपछि पुनःमतगणना हुँदै

तनहुँको व्यास नगरपालिकामा निर्वाचन भएको दुई वर्षपछि पुनःमतगणना हुँदै

byas-nagarpalika

पोखरा । स्थानीय निर्वाचनको दुई वर्ष पूरा भएपछि तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना हुने भएको छ। उच्च अदालत पोखराले पुनःमतगणनाको आदेश दिएको हो।

२०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा मेयरमा पराजित भएका दीपकराज जोशीले २०७९ जेठ १२ गते उच्च अदालत पोखरामा मतगणना कार्य दोहोर्याई मतगणना गरी पाऊँ भनेर रिट दायर गरेका थिए।

मंगलबार उच्च अदालत पोखराका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजालसले दाबी पुग्ने भन्दै पुनः मतगणना गर्न आदेश दिएको हो।

जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २५२ मत अन्तरले पराजित भएका थिए । कांग्रेसका न्यौपानेले १२ हजार ७८ मत प्राप्त गर्दा जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । न्यौपाने तत्कालीन कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार थिए भने जोशीलाई एमालेले सघाएको थियो ।

जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर धाँधली गरी षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गरेका थिए ।

मतदानको दिन पनि जोशीलाई कांग्रेसका कार्यकर्ताले मतदान केन्द्र अनुगमनमा पुगेको बेला रगताम्य हुने गरेर कुटपिट गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ