पोखरा । स्थानीय निर्वाचनको दुई वर्ष पूरा भएपछि तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना हुने भएको छ। उच्च अदालत पोखराले पुनःमतगणनाको आदेश दिएको हो।
२०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा मेयरमा पराजित भएका दीपकराज जोशीले २०७९ जेठ १२ गते उच्च अदालत पोखरामा मतगणना कार्य दोहोर्याई मतगणना गरी पाऊँ भनेर रिट दायर गरेका थिए।
मंगलबार उच्च अदालत पोखराका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजालसले दाबी पुग्ने भन्दै पुनः मतगणना गर्न आदेश दिएको हो।
जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २५२ मत अन्तरले पराजित भएका थिए । कांग्रेसका न्यौपानेले १२ हजार ७८ मत प्राप्त गर्दा जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । न्यौपाने तत्कालीन कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार थिए भने जोशीलाई एमालेले सघाएको थियो ।
जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर धाँधली गरी षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गरेका थिए ।
मतदानको दिन पनि जोशीलाई कांग्रेसका कार्यकर्ताले मतदान केन्द्र अनुगमनमा पुगेको बेला रगताम्य हुने गरेर कुटपिट गरेका थिए।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण