बागलुङको दुई विद्यालयका विद्यार्थीलाई झोलासहितको शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर र वडा नं. १४ नारायणस्थानमा रहेका विद्यायलहरुमा विद्यालय झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
हेल्प नेपालले प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीको अनुरोधमा नियमित प्रयोगमा आउने सरसफाइका सामाग्री साथै स्टेसनरी सामाग्री र झोला आधारभूत विद्यालययका ५९ र पृथ्वी हिरण्य माविका १४० जना विद्यार्थीलाई सौजन्य गरेको हो ।
प्रदेशसभा सदस्य सुवेदीले भौतिक विकाससँगै मानवीय विकास आवश्यक भएको र मानवीय विकासको जग विद्यार्थीहरु भएकाले उनीहरुको पढाइ, संस्कारमा मेहनत गर्नुपर्ने भएकाले यो कार्यक्रममा हातेमालो गरेको बताए । साथै, आगामी दिनमा आफ्नो क्षेत्रका अन्य विद्यालयमा यो कार्यक्रम जोड्दै जाने पनि सुवेदीले बताए ।
हेल्प नेपालका निर्देशक जिम्मी लामाले विद्यार्थीहरुको सरसफाइ र शिक्षाको लागि सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम गरेको बताए ।
आधारभूत विद्यालयका ओमबहादुर केसीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा शिक्षक अशोक सुवेदीले संचालन गरेका थिए । पृथ्वी हिरण्य माविमा मन बहादुर खत्रीको अध्यक्षता र शिक्षक सुनिल आचार्यको संचालनमा कार्यक्रम भएको थियो।
दुवै विद्यालयमा अभिभावक विद्यार्थी, शिक्षकहरुले यो कार्यक्रमले विद्यार्थीहरुलाई हौसला मिल्ने र अध्ययनमा सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरेका थिए ।

सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा