पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २०८४ सालको निर्वाचनमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बनाउने अभियानमा निरन्तर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टीमा संगठीत रहेका नेता तथा कार्यकर्ताले प्रभावकारी काम गर्न सकेको खण्डमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्नबाट कसैले रोक्न नसक्ने उनको दाबी छ ।
‘हरेक संगठनका मानिस लोकप्रिय हुनुप¥यो, जनताको सुख दुःखमा साथ दिने हुनुप¥यो, ठालु आडम्बरी हुनु भएन अनि बल्ल निर्णायक राष्ट्रिय शक्ति बन्छौ, टपर्टुय्याँ तालले हुँदैन, काम चोर गरेर हुँदैन’ उनले भने ।
नेकपा (एमाले) पर्वतको जिल्ला कमिटीको दोस्रो बैठकलाई बिहीबार कुस्मामा सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष केपी ओलीकै निरन्तरको प्रयासका कारण अहिलेको समीकरण बनेको बताए ।
‘केपी ओलीकै कारण अहिलेको समीकरण बनेको हो, पुरानो गठबन्धन तोड्नु ठुलो कुरा हो, यो टिक्छ टिक्दैनसँग त्यती सरोकार छैन, तर विश्वास छ यो समीकरण निरन्तर अगाडि बढ्छ’ उनले भने ।
राष्ट्रिय स्वाधिनताको लडाई लड्नुपर्ने भएकोलेसत्ता समीकरण आगामी निर्वाचन पछाडिसम्म जाने उनले खुलाए ।
एमालेको प्रतिष्पर्धा कांग्रेससँगनै रहेको दोहो¥याउदै एमालेको एक्लै बहुमत आउँदापनि राष्ट्रिय स्वाधीनताको लडाइ लड्नुपर्ने भएकोले मिलेर सरकार सञ्चालन गर्ने बताए ।
‘हामीले एकल बहुमत ल्याएपनि हाम्रो मात्र सरकार बनाउँदैनौ, राष्ट्रिय स्वाधीनताको लडाइ लड्नु छ’ उनले थपे ।
समाजवादको आधार निर्माण गर्न राष्ट्रिय पुँजी आवश्यक पर्ने भएकोले पुँजी निर्माणमा ध्यान दिनुपर्ने उनले खुलाए । त्यसको लागि औद्योगीकरण गर्दै रोजगारी सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । पार्टीको केन्द्रीय निर्देशन र जिल्ला कमिटीले तयार पारेको योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उनले आग्रह गरे ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो