पोखरा । अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ ।
सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा पोषणको अवस्था पर्याप्त नहुनू, सबै जना परिचय पत्रको पहू्ँचमा नपुग्दा सरकारी लाभबाट वञ्चित हुनूजस्ता कारणले पनि अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अझै कमजोर रहेको एक प्रतिवेदनले औंल्याएको छ ।
बालहितकारी परियोजना नेपालले पोखरा वडा नं. १५ भरका अपांगता भएका व्यक्तिहरु पहिचान गरी विभिन्न प्रश्नको जवाफ लिएर प्रतिवेदन तयार गरेको हो । वडाभर २११ जना अपांगता व्यक्ति रहेको परियोजनाले जनाएको छ ।
पोखरा वडा नं. १५ को आयोजना, पोखरा महानगर स्तीय अपाङ्गता सञ्जाल कास्कीको सहकार्यमा परियोजनाले एक कार्यक्रम आयोजना गरी सर्वेक्षण प्रतिवेदन हस्तान्तरण गरेको छ । परियोजनाका कार्यवाहक अध्यक्ष रामचन्द्र शर्माले पोखरा महानगरपालिकाकी उपप्रमख मञ्जुदेवी गुरुङ र वडा नंं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँलाई प्रतिवेदन हस्तान्तरण गरे ।

उपप्रमुख गुरुङले आफूले अघिल्लो कार्यकालमै उपप्रमुखसँग महिला कार्यक्रमलाई अपाङ्गता भएकाहरुसमेत जोडेर उनीहरुको हितमा अघि बढेको बताउँदै अब पनि अपाङ्ता भएका व्यक्तिहरुका लागि सक्दो गर्ने बताइन् ।
हालसम्म पोखरा महानगरमा आधिकारिक तथ्यांक अनुसार १ हजार ७ सय ७ जना रहेपनि पोखरा १५ को यो प्रतिवेदनको हिसाबले ३३ वटा वडामा धेरै जना थपिन सक्ने बताइन् । ‘महानगरको तथ्यांकमा यति देखिएको परिचयपत्र लिन आउनेको गणना गर्दा हो । परिचयपत्र नै लिन नआएका, थाहा नभएका पनि यस प्रतिवेदनबाट देखियो । अझै बढी संख्यामा अपाङ्गता भएको व्यक्तिहरु हुनुहुन्छ भन्ने देखियो ।’ – उपप्रमुख गुरुङले भनिन्– ‘अपाङ्गता भएका व्यक्तिलाई वर्ग अनुसारको परिचय पत्र प्रदान गरी आवश्यक सीप तालिम, सहयोगका लागि म तयार छु।’
उनले पोखरा १५ ले निकै गहिराईमा पुगेर सर्वेक्षण गरी ३३ वडामा पहिलो वडा बनेकोमा बधाई दिँदै अन्य वडालाई पनि प्रेरणा प्रदान गरेको बताइन् ।
पोखरा १५ का अध्यक्ष तोरण बानियाँले भौतिक पूर्वाधारको विकासले मात्र वडा समृद्ध नबन्ने भन्दै हरेक वडाबासीको मानवीय विकास प्रमुख कुरा रहेको बताए । उनले वडामा रहेका अपांगता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको आत्मसम्मानपूर्ण व्यवस्थापनका लागि लागिपर्ने बताए ।

‘पहिले नै जग्गा खोज्ने काम गरेका हौँ । अपायक स्थानका कारण मूर्त रुप पाएन ।’ बानियाँले भने– ‘उहाँहरुलाई पायक पर्ने ठाउँमा जग्गा खोजी गरेर भौतिक पूर्वाधार निर्माणसँगै आवश्यक तालिम र सीप प्रदान गरी साना उद्योगबाट स्वआर्जन हुने गरी वातावरण तयार गर्न लागिपरेको छौँ ।’
बालहितकारी परियोजनाका रामचन्द्र शर्माले पोखरा १५ को अनुरोधलाई स्वीकार गरी घरघर पुगेर वास्तविक तथ्यांक संकलन गरेको बताए । कार्यक्रममा पोखरा महानगर स्तरीय अपाङ्गता सञ्जालका अध्यक्ष गंगाबहादुर खड्का, बालहितकारी परियोजनाका झलक भुजेललगायतले बोलेका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो