पोखरा वडा नंं. १२ मा राजस्व संकलन गर्न घरदैलो

राजश्व संकलन अभियान

पोखरा वडा नंं. १२ मा राजस्व संकलन गर्न घरदैलो

ward-12-2

पोखरा । राजस्व संकलन प्रभावकारी बनाउन पोखरा महानगरपालिका १२ नं. वडाले बजार क्षेत्रमा राजस्व संकलनका लागि घरदैलो सुरू गरेको छ ।

पहिलो चरणमा वडाअन्तर्गत पुरानोधारा, शीतलादेवी हुँदै गौंडाको मुखसम्मका पसल र व्यवसायमा राजस्व सचेतना अभियान सुरू गरेको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।

उनका अनुसार दोस्रो चरणमा हस्पिटल चोक हुँदै अमरसिंह चोकसम्मका पसल र व्यवसायहरुमा राजस्व सचेतना अभियान सञ्चालन हुनेछ ।

वडा अन्तर्गतका मुख्य क्षेत्रमा सञ्चालित व्यवसाय दर्ता र नवीकरणका लागि समेत अभियानमार्फत आग्रह गरिएको वडासचिव महेश्वर अर्यालले जानकारी दिए ।

चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाले ३ अर्ब ७२ करोड रुपैयाँ संकलनको लक्ष्य लिएको छ । यस अवधिसम्म कार्यालयले लगभग ५० प्रतिशतको हाराहारिमा मात्र असुल गर्न सकेको छ । राजस्व संकलनको लक्ष्य भेट्टाउन वडाले उक्त अभियान सुरू गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।

आर्थिक मन्दीका कारण पोखरामा व्यापार घटेको छ, यसको राजस्व संकलनमा प्रत्यक्ष असर परेको वडाको राजस्व शाखा प्रमुख हरिमाया वाग्लेले बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ