वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले अदालतमा विचाराधीन मुद्दामा बोलेर आफूहरुले गल्ती गरेको भन्दै माफी मागेका छन् ।
कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अहिले उठिरहेको समसामयिक विषयमा हाम्रो राय’ शीर्षकमा एक भिडियो सार्वजनिक गर्दै उनीहरुले अदालतमा विचाराधीन विषयमा बोल्नु त्रुटी भएको स्वीकार गरेका हुन् ।
यही जेठ ८ गते नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयतर्फ इंगित गर्दै मह जोडीले उक्त अभिव्यक्ती दिनु त्रुटी भएको उल्लेख गरेका हुन् ।
उनीहरुले कार्यक्रमको दौडधुपका क्रममा एक्कासि सोधिएका प्रश्नमा विषयलाई राम्रोसँग बुझ्न नपाई अभिव्यक्ति दिँदा गल्ती हुन गएकाले यसप्रति माफी दिन आग्रह गरेका छन् ।
सिरोहिया प्रकरणमा समाज विभाजित भइरहेका बेला गत बिहीबार कान्तिपुर मिडियाकै फेसबुक पेजबाट केही सेलिब्रिटीका भिडिओहरू सार्वजनिक भएका थिए । सिरोहिया पक्राउ परेसँगै उनको पक्षमा माहोल बनाउन नागरिक समाजका सदस्यहरू र सेलिब्रिटीसँगका भिडियो बाइटहरू कान्तिपुरका पेजबाट लगातार आइरहेका छन् ।
त्यही क्रममा जोडिन पुगे नेपालका चर्चित कलाकारद्वय मह अर्थात् मदनकृष्ण श्रेष्ठ । काठमाडौंको एक रेस्टुरेन्टमा बसेर अस्ट्रेलियामा गर्न लागिएको महजात्रा अभियानबारे तयारी गरिरहेका बेला उनीहरू दुवैजनाले कान्तिपुरलाई उक्त प्रकरणमा भिडियो बाइट दिएका थिए ।
सिरोहियालाई धरपकड गरेर उपप्रधानमन्त्री लामिछानेले डिक्टेटरसिप चलाएको, हैकमवादी स्वभाव देखाएको विचार दुवैजनाले व्यक्त गरे ।
दुवैजनाको उक्त भिडियो क्षणभरमै सामाजिक सञ्जालमा भाइरल भयो । अदालतमा पुगिसकेको उक्त प्रकरणमा दुवैजनाले लोकतन्त्र ल्याउन सिरोहियाले ठूलो भूमिका खेलेको भन्दै धरपकडलाई गलत र नाजायाजको संज्ञा पनि दिएका थिए ।
हरिवंशभन्दा मदनले दिएको अभिव्यक्तिलाई लिएर अहिले उनीमाथि व्यक्तिगत रुपमा पनि आक्रमण भइरहेको छ । कान्तिपुरले फेसबुकमा राखेको उनको बाइटसहितको भिडियोमा लोकप्रियको शीर्षमा छ भने गालीसहितका कमेन्ट ८ हजार ५ सय भन्दा माथि छन् ।
अस्ट्रेलियामा आइतबारदेखि नै महजोडीको कार्यक्रम सुरु हुँदै थियो। तर अस्ट्रेलियमा महजोडीले नेपालभन्दा चर्को विरोध र बहिष्कारको अवस्था सामना गर्नुपर्यो । महजात्रा कार्यक्रम यसै सातादेखि हुने तालिका थियो । पहिलो कार्यक्रम पर्थमा वेस्ट्रन अस्ट्रेलियाको अक्टाजोन थिएटरमा आइतबारका लागि तय भएको थियो । तर उनीहरू अस्ट्रेलिया नउत्रिँदै बहिष्कार र टिकट फिर्ता अभियान चलिसकेको थियो ।
त्यहाँ महजात्रासँग सम्बन्धित अन्य कलाकारहरूले सिरोहियाबारेमा एकपक्षीय रुपमा बोलेको आरोप लाग्यो । कान्तिपुरको प्रशंसा गर्दा देशको कानुन नियम भुलेको आरोप उनीहरूलाई छ । नागरिकता कानुन मान्ने भन्दा व्यक्तिको प्रशंसा गर्ने गरी बोलेको भन्दै अस्ट्रेलियाका नेपालीले बहिष्कार अभियान चलाए ।
गत जेठ १० गते मदनकृष्णले उपप्रधानमन्त्री लामिछानेले साम-दाम दण्डभेद प्रयोग गरेको भन्ने आशयसहितको भनाइ राखेका थिए ।
मदनले अपरझट आएर सोधिदिँदा सबै बिग्रेको बताए । ‘मैले राजनीतिमा कूटनीति पनि चाहिन्छ भन्न चाहेको थिएँ । मैले केही धेरै बोलेँ । मलाई अलिक धेरै बोलेछु भन्ने लाग्यो, मैले बोलेको कुरा ठिक थिएन भन्ने लाग्यो’, उनले भने, ‘बोल्दा सबैलाई चित्त बुझ्दैन होला। यत्रो ठूलो सराप नदिएको भए पनि हुन्थ्यो, मरिजाओस् नभनेको भए पनि हुन्थ्यो ।’
उनले आफूहरू बुढेसकालमा पुगिसकेको बताउँदै यत्रो ठूलो आक्रोश नपोखिदिन पनि भने ।‘यो उमेरमा आएका छौँ । दाइ, भाइ र बाउ सम्झेर हामीलाई क्षमा दिनुस् विनम्र अनुरोध छ। हामीलाई अस्ट्रेलियामा बहिष्कार गर्नु न्यायोचित हुँदैन’, उनीहरूले एक स्वरमा भने, ‘देशमा धेरै ठूला अपराध गर्ने पनि छन् । त्यो चिजलाई लिएर हाम्रो कार्यक्रम बहिष्कार गर्नु हुँदैन ।’
उनीहरू महादेवलाई पनि दशा लागेको सुनाउँदै आफूहरूलाई पनि त्यस्तै भएको बताए । ‘दशा भनेको महादेवलाई पनि लाग्छ । हामीलाई पनि लागेको छ। हामीले यस प्रकरणमा एकै स्वरमा आत्मसमीक्षा गरेका छौँ’, दुवैले भने, ‘यसलाई दीर्घकालीन रूपमा बिर्सिदिनुहोला ।’
सम्बन्धित खबर
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
मालपोत कार्यालयको नाम परिवर्तन
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’