पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविर तथा निशुल्क औषधी वितरण मादी गाउँपालिका वडा नं १ सिक्लेस कास्कीमा सम्पन्न गरेको छ ।
मंगलबार गणतन्त्र दिवसको अवसर पारेर संचालन गरिएको सो कार्यक्रममा सिक्लेसमा रहेका करिब २ सय जना किसानका २ हजार पशुपन्छीलाई २ लाख बराबरको औषधी निशुल्क वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोदक्त बरालले किसानका लागि यस्ता कार्यक्रम निकै प्रभावकारी हुने गरेको बताए । उनले किसानका निम्ति कृषि र पशुधनको व्यवसायीक फार्मिङका लागि काम गर्न आवश्यक रहेको बताए ।
कास्कीमा रहेका किसानहरुको आवश्यकतालाई मध्यनजर गर्दै यस खालका कार्यक्रमहरु संचालन गर्दै आएको नेल्टा कास्कीका अध्यक्ष बसन्तराज कोइरालाले बताए । भावीदिनमा समेत किसानहरुको स्तरन्नोती हुने कार्यक्रम ल्याउने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं प्रचारप्रसार प्रमुख रमेश पौडेल, नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुवँर, सचिव देवेन्द्र रानाभाट, सहसचिवद्व्य नविन सिग्देल र शंकर ढुंगाना, सदस्य सुरेन्द्र ढुंगाना लगायत निजामति युनियन कास्की र नेल्टा कास्कीका कर्मचारीहरु एवं सिक्लेसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा धन्यवाद मन्तव्य युनियन कास्कीका सचिव सुमन शर्माले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन