पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केहीबेरमा २ मन्त्रीसहित सपथ लिने भएका छन् । कांग्रेसका बिन्दुकुमार थापा र डा. टकराज गुरुङलाई लिएर सपथ लिने जानकारी प्राप्त भएको छ ।
बाँकी मन्त्रालय आफूसँगै राख्दै तीन सदस्यीय मन्त्रिमण्डल गठनको पत्र मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा पठाएकाे बताइन्छ । आफूसँगै २ मन्त्रीले सपथ लिने जानकारी मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुखलाई दिएको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।
मन्त्रीको नाम र जिम्मेवारीबारे भने औपचारिक जानकारी प्राप्त नभएको उनले बताए ।
यद्यपी, श्रोतका अनुसार लमजुङका गुरुङले अर्थ र कास्कीका थापाले उर्जा र सामाजिक विकास तथा स्वास्थ्य गरी २ मन्त्रालयको जिम्मा पाउने भएका छन् ।
थापा दोस्रोपटक प्रदेश मन्त्री हुन लागेका हुन् । यसअघि उनी कानुन मन्त्री भएका थिए । टकराज पहिलोपटक मन्त्री बन्न लागेका हुन् । उनी गण्डकी प्रदेशसभा सदस्यका पहिलाे र एक मात्रै पिएचडी गर्ने सांसद हुन् ।
गण्डकीमा कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक जना स्वतन्त्र सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमत संख्या ३१ जना हुनुपर्छ ।
सर्वोच्चको परमादेश अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बुधबार सभागृह हलमा आयोजित कार्यक्रममा सपथ लिन लागेका हुन् ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ