पोखरा । गृह मन्त्रालयले २५ सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। जसमा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। यसमा गण्डकीका २ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
कास्कीका वासुदेव घिमिरे गृह मन्त्रालयमा सरुवा भएका छन् । उनको ठाउँमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भरतमणि पाण्डे आउने भएका छन् । घिमिरे पोहोर जेठ ८ गते कास्कीमा हाजिर भएका थिए ।
यसैगरी नवलपरासी वर्दघाट सुस्तापूर्वकी प्रजिअ कल्पना श्रेष्ठ इलामको प्रजिअमा सरुवा भएकी छन् । उनको ठाउँमा अरुण पोखरेल आएका छन् । श्रेष्ठ पोहोर असार ११ मा नवलपुरमा हाजिर भएकी हुन् ।


गृहले सुनसरीमा रामचन्द्र तिवारी, बर्दियामा रुद्रादेवी शर्मा, मकवानपुरमा तीर्थराज चिलुवाल, बर्दियामा अरुण पोखरेल, पाँचथरमा विष्णुप्रसाद कोइराला, पश्चिम नवलपरासीमा स्किम श्रेष्ठ, धादिङमा राजेन्द्रदेव पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको छ।
चितवनमा इन्द्रदेव यादव, काभ्रेमा सूर्यप्रसाद सेढाई, इलाममा कल्पना श्रेष्ठ, सिन्धुपाल्चोकमा भूपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायणप्रसाद सापकोटा, सर्लाहीमा गोपालप्रसाद अधिकारी, कास्कीमा भरतमणि पाण्डे र सप्तरीमा मेघबहादुर मंग्रान्तीले सिडिओको जिम्मेवारी पाएका छन्।
यस्तै, कारागार व्यवस्थापन विभागको महानिर्देशकमा जयनारायण आचार्यलाई खटाइएको छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो