पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालक घाइते भएका छन् ।
आज बिहान ८ बजे पोखरा महानगरपालिका–१३, गौँडाकोमुखस्थित विपीमार्गबाट लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परकाे पछाडि भागमा सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएकी थिइन् ।
घाइते मध्ये गम्भीर भएकी रिमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा बिहान १०ः ३४ बजे मृत्यु भएको हो ।
मोटरसाइकल चालक थापाको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । थापाको दुवै खुट्टा र दाँया हातमा चोट, अवस्था सामान्य रहेको छ ।
दुर्घटनापछि टिप्पर र चालकलाई प्रहरी नियन्त्रणमा छन् ।
यसअघि, प्रहरीले मोटरसाइकलले ओभरटेक गर्ने क्रममा टिप्परसँग ठक्कर खाएको भन्ने जानकारी गराएको थियो । तर, प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल अगाडि र टिप्पर पछाडि थियो । मोडनेर आइपुग्दा बाइक थोरै स्लो गरेको बेला टिप्पर अगाडि बढेको थियो र पछिल्लो भागसँग ठक्कर खाएको थियो ।
बाइकले ओभरटेक गर्न खोजेको नभई टिप्परले नै ओभरटेक गर्दा लछारेको प्रत्यक्षदर्शीले जनाएका छन् । ठक्करपछि बबिता टिप्पर पट्टी र चालक कमल अलिक टाढा पछारिएका थिए ।
*’टिप्परमा पछाडिबाट मोटरसाइकल ठक्कर खाँदा’ भनी कास्की प्रहरीले पठाएको ईमेल अनुसार अद्यावधिक गरिएको । साथै, प्रत्यक्षदर्शीको भनाई अनुसार विवरण थप गरिएको ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प