पोखरा । पोखरामा मोवाईल चोरी गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका– १ दाना स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– ८ जाल्पारोड बस्ने वर्ष २० को रुपेश रम्जाली रहेका छन् ।
प्रहरीका अनुसार रम्जालीले २०८० पुस १६ गते अंग्रेजी नयाँ वर्षको दिन पोखरा ६ लेकसाईडमा एक जना महिलाले भिरेको झोलाबाट आईफोनमोवाईल चोरी गरी निजले सिमकार्ड राखि प्रयोग गरी चलाउँदै आइरहेको र २०८० चैत्र २० गते पोखरा– ८ सभागृहमा सहकारी दिवसको दिनमा भएको कार्यक्रममा टेवुलमाथि राखेको सामसुङ मोवाईल चोरी गरी लगेको र उक्त मोवाईलमा रहेको ईसेवा आईडी समेत ह्याक गरी नगद १८ हजार १२५ रुपैयाँ ट्रान्सफर गरेका थिए ।
रम्जालीलाई चोरीको जाहेरीको आधारमा अनुसन्धान तथा खोजतलास गर्दै जादा यही जेठ २० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रम्जालीले हालसम्म विभिन्न कम्पनीका १५/१६ वटा मोवाईल चोरी गरी फेसबुकमा बिक्रिको लागि राख्ने र बिक्री पश्चात उक्त फेसबुक आईडी डिलिट गर्ने गरेकोसमेत प्रहरीको प्रारम्भिक सोधपुछको क्रममा खुलाएको जनाएको छ ।
पक्राउ परेका उनीमाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन