स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा `दलित एकता आजको आवश्यकता´ भन्ने मुल नारासहित जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसका अवसरमा विद्यालय स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
दलित उत्थान केन्द्र अर्जुनचौपारीले `जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि विद्यार्थीको भूमिका´ भन्ने विषयमा आयोजना गरेको उक्त प्रतियोगितामा अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीले प्रथम(दिपिका अर्याल) र दोस्रो(सुलता थापा मगर) स्थान हासिल गरेको थियो भने पञ्चकन्या माध्यमिक विद्यालय तृतीय(असीम काफ्ले) र शितलादेवी इङलिस बोर्डिङ स्कुलले सान्त्वना(सार्थक अर्याल) स्थान हात पारेको थियो ।
उनिहरुलाई हौसला स्वरूप क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपियाँ सहित प्रमाणपत्रले पुरस्कृत गरिएको दलित उत्थान केन्द्र अर्जुनचौपारीका सभापति दिपक सुनारले बताए ।
जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसका उपलक्ष्यमा जातीय भेदभाव सम्बन्धी उपचार पुस्तिका विमोचन तथा यस आर्थिक वर्षमा सरकारी सेवामा प्रवेश गरेका दलित समुदायका युवायुवतीलाई सम्मान गरिएको केन्द्रका सभापति दिपक सुनारले जानकारी दिए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो