नौडाँडामा ब्याक गरिएको ट्रकले ठक्कर दिँदा पैदल हिँडिरहेका बृद्धको मृत्यु

दुर्घटना

नौडाँडामा ब्याक गरिएको ट्रकले ठक्कर दिँदा पैदल हिँडिरहेका बृद्धको मृत्यु

Naudada Kaski Naudanda

तस्वीरः भुवन अधिकारी (BK1)

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं १ नौडाँडामा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक वृद्धको ज्यान गएको छ ।

आज दिउँसो १ः५० बजे नौडाँडामा ग १ क २६२५ नं. को ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदल यात्री स्थानीय ७० वर्षीय दुर्गा प्रसाद दाहाललाई ठक्कर दिन पुगेको कास्की प्रहरीले जनाएको छ ।

दाहाल गम्भीर घाइते भइ उपचारको लागि मेट्रोसिटी अस्पताल पठाएकोमा २ः५० बजे उपचारको क्रममा चिकित्सकद्वारा मृत्यु घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

उक्त स्थानमा प्र.चौ.नौडाँडा तथा वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली खटिई गई ट्रक र ट्रक चालक जिल्ला धादिङ गल्छी गा.पा. २ बस्ने वर्ष ३५ को लेख बहादुर श्रेष्ठलाई वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ