पोखरा । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन सेवाग्राहीको भीड लाग्न थालेपछि कास्की प्रशासनले बिहान ८ बजेदेखि नै सेवा दिने भएको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि समेत राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक पर्ने भएकाले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरु र असक्त सेवाग्राहीहरुको समेत चाप रहेकाले सेवाको समय परिमार्जनको निर्णय प्रशासनले गरेको बिहीबार जनाएको छ ।
‘सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीहरुको लागि हरेक दिन (शनिवार बाहेक) बिहान ०८ः०० बजे देखि नै र अन्य सेवाग्राहीहरुका लागि विहान १०ः०० बजेदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रदान गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ प्रशासनको सूचनामा भनिएको छ, ‘यसपूर्व राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचिसकेका तर राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नगरेका सेवाग्राहीहरुले यसपूर्व फोटो खिचाएको निस्सा र सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपिसहित कार्यालयको कोठा नम्बर २०३ मा प्रशासकीय अधिकृत भीष्मराज अर्याल (मोबाइल नम्बर ९८४१६८११८६) सँग सम्पर्क गरी राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्नुहुन अनुरोध छ ।’

राष्ट्रिय परिचयपत्र सम्बन्धी कुनै दुविधा भई केही बुझ्नुपर्ने भएमा वा गुनासो भएमा कार्यालयको कोठा नम्बर २०५ मा प्रशासकीय अधिकृत मुकुन्दराज पौडेल (मोबाइल नम्बर ९८५६०३४५१२) सँग सम्पर्क गर्न पनि कास्की प्रशासनले बिहीबार निकालेको सूचनामा उल्लेख छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन