पोखरा । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजनामा आदिवासी जनजाति महिलाहरुको लागि तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुलाई तनाव नलिन र तनावलाई कसरी सजिलै व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिइएको हो ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ब्रह्माकुमारी ईश्वरी विशवविद्यालय पार्दीका प्रमुख ब्रहमाकुमारी अमृत दिदीले तनाव व्यवस्थापनमा ध्यान योग आवश्यक रहेको बताए । उनले सञ्चारमाध्यमवाट सही सुचना सम्प्रेषण हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहजीकरण गर्दै पे्रस काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चाराध्यमवाट प्रशारण हुने सुचना तथ्यपरक हुनुपर्ने बताउँदै समाचार लेखिसकेपछि क्रसचेकिङ गर्न आवश्यक रहेको बताए । सञ्चारिका समुह गण्डकीका पूर्व अध्यक्ष सुष्मा पोडेलले तनाव व्यवस्थापन हरेक व्यक्तिको लागि आवश्यक विषय भएको बताए । उनले दैनिक जीवनमा ध्यान योग गर्दै तनावलाई सरल रुपमा लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, राष्ट्रिय मानव अधिकार आयोगका अफिसर मोहन काफ्ले, ईन्सेकका कार्यक्रम अधिकृत सवनम शर्मा, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष केशु भूजेल लगायतले तनाव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आफ्नो भनाई राखेका थिए ।
तालिममा तमु धीं नेपाल केन्द्रिय आमा समिति, नेवा मिसा पुचः, नेपाल दवु मिसा, मगर महिला संघ, महिला घेदुङ, तामाङ महिला समिति, राष्ट्रिय आदिवासी जनजाति महिला संघ, नेपाल कुमाल समाज, दुरा समाज सहित विभिन्न संघ.संस्थामा आवद्ध ५० जना आदिवासी जनजाति महिलाहरुको सहभागीता रहेको थियो । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कञ्चन थापा र सञ्चालन कोषाध्यक्ष उमा आलेमगरले गरेका थिए ।
सम्बन्धित खबर
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन