सूर्योदय र सूर्यास्तको रोमाञ्चक दृश्यसँगै सुन्दर हिमश्रृङ्खला अवलोकन गर्न सकिने पोखराको सराङकोटलाई प्रचारप्रसार गर्नुपर्नेमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जोड दिएका छन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस डाँडा आन्तरिक पर्यटकसँगै पोखरा भ्रमण आउने भारतीय लगायत विदेशी पाहुनाको रोजाइमा पर्दा खुशी पनि व्यक्त गरे । शनिबार सबेरै सूर्योदय अवलोकनका लागि सराङकोट पुगेका प्रदेशप्रमुख भट्ट भारतीय पर्यटक बीच घेरिए ।

धौलागिरी, अन्नपूर्ण, मनासलु, माछापुच्छ्रे हिमालसँगै फेवातालसहित पोखरा उपत्यकाको मनमोहक दृश्यले सराङकोटले पर्यटक तान्न सक्ने भएकाले अझै बढी प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए ।

सराङकोट सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रसिद्ध छ । प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा सांस्कृतिक रूपमा पनि सराङकोट आन्तरिक पर्यटकको रोजाइमा पर्छ। ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, वागीश्वरी मन्दिर, पदेंली शिव मन्दिर सराङकोट क्षेत्रका आकर्षण हुन्।

त्यस्तै, सराङकोट भ्यूटावर, चण्डीको डिल (पाराग्लाइडिङ), मेथलाङ डाँडा, वाहकोट (पाराग्लाइडिङ), खपौंदी र राताडाँडा यस क्षेत्रका पर्यटकीय स्थल हुन्। कोभिड–१९ को सङ्क्रमण घट्दै गएसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ।
केबलकार आकर्षण
निजी तथा भाडाका सवारीसाधनमा स्थलमार्गबाट पर्यटक सराङकोट पुग्ने गरेकामा अहिले भने विकल्पका रूपमा आएको केबलकारमा आकर्षण देखिएको छ ।
प्रदेश प्रमुख भट्टसहितको टोलीलाई केबलकार प्रालिका प्रशासन प्रमुख सुजल पौडेलले स्वागत गरे । उनले अन्नपूर्ण केबलकार सञ्चालनमा आएपछि पर्यटकको संख्यामा वृद्धि भएको जनाए ।

यस केबलकारले फेवाताल किनार र सराङकोटलाई जोडिदिएको छ । लेकसाइड सेदीबगरबाट ९ मिनेटमै माथिल्लो स्टेसन सराङकोट पुगिन्छ ।
झन्डै दुई अर्ब रुपैयाँ लागतमा बनेको केबलकारको लम्बाइ २.४ किलोमिटर छ । मनकामना, चन्द्रागिरि, कालिञ्चोकपछिको यो नेपालको चौथो र पोखराकै पहिलो केबलकार हो ।
नेपालीले सात सय, सार्क राष्ट्रका पर्यटकले एक हजार र तेस्रो मुलुकका नागरिकले १२ डलर तिरेर केबलकार चढ्न सक्छन् । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको सुविधा छ ।

जापानी नागरिक ताकासी मियाहाराको परिकल्पनामा केबलकार बनेको हो । उनले सराङकोटमा होटल अन्नपूर्ण भ्यु सञ्चालनमा ल्याएका छन् । केबलकारको माथिल्लो स्टेसन वरिपरि साहसिक गतिविधि जिपलाइन, स्विङ, स्काई साइक्लिङ सञ्चालनमा छन् ।

छोटो समयमै सूर्योदय हेर्ने वैकल्पिक बाटोका रूपमा अन्नपूर्ण केबलकार स्थापित भएको मार्केटिङ म्यानेजर अरुण कोइराला बताउँछन् । केबलकारमा झण्डै तीन दर्जनले रोजगारी पनि पाएका छन् ।





सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा