झण्डै १ करोड भन्दा बढीका गरगहना तथा सामानहरु चोरी गर्ने नवीन र सुवास पोखरामा पक्राउ

चोरी

झण्डै १ करोड भन्दा बढीका गरगहना तथा सामानहरु चोरी गर्ने नवीन र सुवास पोखरामा पक्राउ

१० महिना अघि मात्रै चोरी मुद्धामै कैद भुक्तान गरेर छुटेका

two chor

पोखरा । कास्की प्रहरीले सुनसहित झण्डै १ करोड भन्दा बढीका गरगहना तथा सामानहरु चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामले आज (सोमबार) पोखरा महानगरपालिका २२ घर भई पोखरा १३ मियाँपाटन बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखाको अजिरकोट गाउँपालिका २ घर भई पोखरा ४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापामगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

नवीनलाई मियाँपाटनको आफ्नै डेराबाट र सुवासलाई लेखनाथको सुन्दरबजारबाट गत शुक्रबार पक्राउ गरिएको वडा प्रहरी वैदामका प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार १० महिना अघि मात्रै चोरी मुद्धामा कैद भुक्तान गरेर जेलमुक्त भएका थिए ।

डिएसपी श्रेष्ठले उनीहरुको साथबाट ३४ तोलाबढि सुन, विभिन्न कम्पनीका १५ थान ल्यापटप, २ थान ड्रोन, क्यानन कम्पनीका ४ थान र सोनी कम्पनीको ५ थान डिएसएलआर क्यामेरा, नगद रु ११ हजार ५ सय ६८, २ थान स्यामसुङ कम्पनीको टिभी, चरेस तथा तामाका ४६ वटा भाडाकुडा, कफि मेसिन २ थान, ११ थान घडि लगायतका समाग्रीहरु बरामद गरेको बताए ।

उनका अनुसार उक्त समाग्रीको हालको बजार मूल्य ९६ लाख ४० हजार ५ सय ६८ रुपैयाँ रहेको उनले बताए ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ