पोखरा । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेका माओवादी केन्द्र संसदीय दलका सदस्य फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्री पदको शपथ लिएका छन्
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री सुरेन्द्ररराज पाण्डेको सिफारिसमा मन्त्रीद्वयलाई सपथ खुवाएका हुन्
उनीहरू आजै मन्त्री नियुक्त भएका थिए ।देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी दिइएको छ ।
उर्जा मन्त्रालय सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सम्हाल्दै आएका थिए । भौतिक पूर्वाधार भने मनाङेलाई अघिल्लो कार्यकालमै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई दिएका थिए । खगराज अधिकारीले पनि यसै मन्त्रालयमा निरन्तरता दिएका थिए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संसदमा प्रस्तुत हुनुअघि मुख्यमन्त्री पाण्डेले दुई मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका राप्रपाबाहेक अन्य दुई सांसदलाई मन्त्री बनाएका हुन् । राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।
फणीन्द्र पहिलोपटक र मनाङे छैटौँपटक मन्त्री बनेका हुन् । मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य नेसपा नेता देवकोटा र स्वतन्त्र सांसद मनाङेले विश्वासको मत दिएका थिए ।
सम्बन्धित खबर
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ
मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली सम्मानित
अर्जुनचौपारीमा भलिबल उपाधि राङ्खोलालाई
पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुँदै
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
यो पनि पढौँ
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ