पोखरा । प्रिन्सिपल एसोसिएसन अफ नेपालले सातै प्रदेसवाट छनौट गरिएका विद्यालय तथा प्रधानाध्यापकलाई सम्मान सहित पुरस्कृत गरेको छ।
सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूको साझा संस्था पानले प्रथम अधिवेशनका अवसरमा काठमाडौंमा विशेष कार्यक्रमका विच सर्वोत्कृष्ट विद्यालय र प्रधानाध्यापकलाई सम्मान गरेको हो । संस्थाले गण्डकी प्रदेशबाट उत्कृष्ट विद्यालयमा पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मावि, उत्कृष्ट प्रधानाध्यापकमा प्रकास मावि बेनीका लेख बहादुर हमाल र उत्कृष्ट पालिकाको रूपमा पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका छनौट भएका थिए।
उनीहरू सहित सात वटै प्रदेशमा सर्वोत्कृष्ट भएकालाई प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना, एमाले नेता प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता बद्री पाण्डे, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सम्मान गरे।

गतवर्ष मात्र सामुदायिक विद्यालय तर्फ देशकै सर्वोत्कृष्ट पहिलो बनेको विन्ध्यवासिनी मावि लगातार उत्कृष्ट बन्दै रेकर्ड नै राख्न सफल भएको छ । सम्मान पछि विद्यालयका प्रअ कृष्णप्रसाद आर्चायले सबै पक्षको सहयोग र शैक्षिक तथा भौतिक विकासमा खेलेको भूमिकाले नै विद्यालय लगातार उत्कृष्ट बनेको बताए । उनले सम्मानले थप जिम्मेवार बनाएको बताउदै, थप शैक्षिक गुणस्तर वृद्धिका लागि आफुहरु लागि परेको स्पष्ट पारे। पानका अध्यक्ष सुदन प्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो । उत्कृष्ट विद्यालयको रूपमा सम्मानित भएको उक्त विद्यालयको अवलोकन र शैक्षिक गतिविधिको अध्ययन गर्न दैनिक जसो देशका बिभिन्न भागबाट विद्यालयको टोली आउने गरेको बताइएको छ। हालसम्म करिब पाँच सय बढी विद्यालयवाट विद्यालयको अवलोकन तथा अध्ययनका लागि आएको विद्यालयका अप्रेसन म्यानेजर नविन अधिकारीले जानकारी दिए।
टोलीलाई विद्यालयले गरेका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले खेलेको भूमिका र शिक्षक कर्मचारीले गरेको मेहनतका विषयमा जानकारी दिने गरिएको छ।
यसअघि उक्त विद्यालय कास्कीका विभिन्न संघसंस्थाबाट समेत सम्मानित समेत भइसकेको छ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु