नालामा पुरिएर ३ महिलाको मृत्यु भएपछि कावासोतीमा तनाव, नगरपालिका कार्यालयमा तोडफोड

नालामा पुरिएर ३ महिलाको मृत्यु भएपछि कावासोतीमा तनाव, नगरपालिका कार्यालयमा तोडफोड

Kawashoti

नवलपुर । नाला खन्ने क्रममा पुरिएर ३ जना महिलाको मृत्यु भएको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले आज कावासोती नगरपालिकामा तोडफोड गरेका छन् ।

स्थानीय र मृतकका आफन्त शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् । जसका कारण कावासोतीमा तनाव उत्पन्न भएको छ ।

बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नाला खन्ने क्रममा पुरिएर कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो ।

प्रदर्शनकारीले नगरपालिकामा ढुंगामुढा गरेका छन् । आक्रमणका कारण नगरपालिकाका केही झ्यालढोका फुटेका छन् ।

नगरपालिकाको लापरवाहीका कारण कामदारको मृत्यु भएको आरोप लगाउँदै स्थानीय विरोधमा उत्रिएका हुन् । बिहीबार पनि स्थानीयले मेयर विष्णुप्रसाद भुसालको घर घेराउ गरेका थिए ।

नगरपालिकाले मृतक महिलाका परिवारलाई उचित राहत दिने जनाएको छ । यस्तै नगर कार्यपालिकाको बैठकले आज शोक बिदा दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ