पोखरा । गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताए । अठार मगरात क्षेत्रका मगर समुदायको मौलिक पर्व भूम्याको अवसरमा शनिबार आयोजित मेला एवं सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उपसभामुख थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यतासहित सार्वजनिक बिदा दिनुपर्ने धारणा व्यक्त गरे ।
रोल्पा–पोखरा सम्पर्क समाज र रुकुमेली एकता सम्पर्क समाज, पोखराले संयुक्त रुपमा आयोजना गरेको मेलामा बोल्दै उनले भूम्या पर्वलाई मगर जातिमा मात्र सीमित राख्न नहुने उल्लेख गरे । उनले यस पर्वलाई व्यापकता दिन आवश्यक रहेको बताउँदै भूम्या पर्व मौलिक र वैज्ञानिक पर्व रहेको धारणा व्यक्त गरे । उपसभामुख थापाले लोपोन्मुख संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै भूम्या पर्व आदिवासी मगर जातिको मौलिक पहिचान भएको उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”, नेपाल मगर संघका उपमहासचिव खेम पुन, नेकपा (माओवादी केन्द्र)का नेता आशमान रोका “पवन”, नेपाल कम्युनिष्ट पार्टीकी नेतृ सावित्रा दुरा “आस्था”, माओवादी केन्द्रका युवा नेता सुवर्ण, राप्ती सल्यान–पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष वीरसिंह बुढालगायतले भूम्या पर्वको शुभकामना दिएका थिए । सो अवसरमा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार हर्कबहादुर पुन, केन्द्रीय कोषाध्यक्ष पूर्णबहादुर राना, केन्द्रीय सदस्य हर्क आले, गण्डकी प्रदेशकी उपाध्यक्ष पवित्रा थापा, कास्की जिल्ला अध्यक्ष रामबहादुर थापा, पोखरा महानगर समितिका अध्यक्ष ओम श्रीस, नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का महासचिव सुजनकुमार लामालगायतको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा भूम्या नाच समेत प्रस्तुत गरिएको थियो ।
रोल्पा–पोखरा सम्पर्क समाजका अध्यक्ष रामकुमार बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका सल्लाहकार प्रसाद बुढा र रमेश बुढा एवं रुकुमेली एकता सम्पर्क समाज, पोखराका संस्थापक अध्यक्ष फत्तेजंग गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसअघि, भूम्या नाचसहितको झाँकी ¥याली लखनचोकबाट सुरु भइ नयाँबजार हुँदै मेलास्थल पोखरा प्रदर्शनी केन्द्रमा पुगी कार्यक्रममा परिणत भएको थियो । त्यस अवसरमा भूमि देवताको पूजा गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । भूम्या पर्व रोल्पा, रुकुम, दाङलगायतका जिल्लामा विशेष रुपमा मनाउने गरिन्छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन