पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार जित निकालेका छन् ।
पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन पनि कास्की र तनहुँले आ–आफ्नो खेल जितेका हुन् । शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दी विरुद्ध सहज ७ विकेटले जित निकाल्दा तनहुँले बाग्लुङ विरुद्ध कठिन जित निकालेको छ । जितका लागि १२४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम दुई बल बाँकी हुँदा तनहुँले जित निकालेको हो ।
पहिलो खेलमा म्याग्दीले टस जितेर ब्याटिङको पारीको सुरुवात गर्दै १८.५ ओभरमा १० विकेट गुमाउँदै ७५ रनमा समेटियो । कास्कीका कृष्ण पौडेलको धारिलो बलिङमा म्याग्दी चार जनालाई पेभिलियन फर्काए । म्यान अफ दि म्याच समेत रहेका कृष्णले ३ं.३ ओभरको बलिङ स्पेलमा १७ रन दिएर ४ विकेट हात पारे । म्याग्दीका लागि केशव साउदले २७ बलमा १६ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । म्याग्दीको पारीमा कास्कीले २२ एक्स्ट्रा रन दिएको थियो ।
कास्कीका लागि सिब्रिन श्रेष्ठ र विश्वास पराजुलीले समान २–२ विकेट लिए भने विपिन खत्री र आदित्य थापाले १–१ विकेट लिए ।
यता कास्कीका लागि जवाफी व्याटिङ गर्दै अर्जुन कुमालले ३१ बलमा ५ चौका प्रहार गर्दै ३६ रन बनाएर नट आउट रहे भने अर्का ओपनर सोहेल कुंवर भने सून्य रनमा आउट भए । तीन बलको सामना गरेका सोहेल आयुष खत्रीको बलमा विशाल आचार्यको हातबाट क्याच आउट भए । कास्की सिव्रीन श्रेष्ठ १० बलको सामना गर्दै एक छक्का र दुई चौकाको सहयोगमा १६ रनको योगदान दिए भने ११ बल खेलेका रोहित चन्द एक छक्का र एक चौका प्रहार गर्दै व्यक्तिगत २१ रन बनाए । तर आयुष सैंजु भने १ रनमा पेभिलिएन फर्किएका थिए । बागलुङका लागि केशव साउदले १५ रन खर्चिएर २ विकेट लिए ।
यता दोस्रो खेलमा टस जितेर तनहुँले बाग्लुङलाई पारीको सुरुवात गर्न निम्तो दियो । बागलुङले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १२३ रन बनायो । बागलुङको पारी सुरुवातमा नै दवावमा पर्यो । ओपनरद्वय अर्जुन रायमाझी १ र किसन सुनार सून्यमा आउट भएका थिए । तेस्रो क्रममा बागलुङका लागि पारी सम्हाल्दै कप्तान आराश तामाङले ३० बलको सामना गर्दै ५ चौका र एक छक्काको सहयोगमा व्यक्तिगत ३५ रनको योगदान दिए भने चन्द्रदिप यादवले २५ रन बनाए । उनले समान २ चौका र २ छक्का प्रहार गरे । टिमका लागि अनिश जिशीले १६ रनको योगदान दिंदा विवेक नेपालीले १७ रन जोडे ।
तनहुँका लागि क्रिश ऐरले ३ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए भने चन्द्रकान्त पौडेलले २ विकेट लिए ।
यता तनहुँ जितका लागि १२४ रन पछ्याउँदा अन्तिम ओभरको चौथो बलमा जितको यात्रा तय गर्यो । खेल १९.४ ओभर सम्म आइपुग्दा तनहुँले ८ विकेट गुमाइसकेको थियो । उपहारको रुपमा तनहुँले २४ रन एक्स्ट्रा पायो भने व्याट्सम्यानहरुले खेलमा १ सय रन जोडेका थिए । खेलमा म्यान अफ दि म्याच समेत रहेका चन्द्रकान्त पौडेलले टिमका लागि सर्वाधिक २२ रनको योगदान दिए भने सदित्य वञ्जाराले १९ र समिर कंडेलले १५ रन मात्रै जोडे । तनहुँका सदित्य र इशान श्रेष्ठ रिटायर्डहर्ट हुँदै पेभिलिएन फर्किएका थिए । इशानले ३ रन मात्रै जोडे । बागलुङका लागि अश्विन थापाले २ विकेट लिए ।
यो जित संगै कास्की र तनहुँले समान ४–४ अंक बटुलेका छन् भने म्याग्दी र बागलुङ जितको प्रतिक्षामा छन् । आइतबार कास्की र तनहुँका बीचमा पहिलो खेल र दोस्रो खेल बागलुङ र म्याग्दीका बीचमा हुनेछ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान