पोखरा । लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ। बैठकले लैगिक हिंसा प्रभाबितहरूको लागि अल्पकालिन आवास गृह एवं प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ।
पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीको आमा चौरमा प्रदेश सरकारको लगानिमा भवन निर्माण सम्पन्न भए पनि केन्द्र संचालनमा आउन नसकेको प्रती समितिको गम्भीर ध्यानाकर्षण भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेलले जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेलले बताए। प्रमुख पौडेलले आफ्नो कार्यकाल सुरु हुँदा देखि पटक पटक गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदा समेत संचालनको प्रक्रिया अघि बढ्न नसकेको भन्दै बिगतका दुई आर्थिक बर्षमा केन्द्र संचालनका लागि भनेर बिनियोजित रकम फ्रीज हुनु दुखद भएको उल्लेख गरे। विकासका काममा देखिएका विभिन्न मतभेदको अन्त्य गर्न तदारुकता देखाउन नसक्नु चरम लापर्बाही भएको भन्दै राज्यको लगानी र सम्पति दुरुपयोग हुने काम तत्काल अन्त्य गर्न आग्रह गरे।
यसैगरी बैठकले आगामी आर्थिक बर्षमा एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिएका सहित लैगिक हिंसा प्रभावितहरूको लागि सबै स्थानिय तहले बजेट बिनियोजन गर्ने, अल्पकालिन आवास एवं पुनर्स्थापना केन्द्र स्थापना गर्ने निर्णय गरिएको प्रमुख पौडेलले जानकारी दिनुभयो।
बैठकले स्थानिय तहले हिंसा प्रभावितहरूको लागि स्वास्थ्य बिमा कार्यक्रम संचालन र सुचारू गर्ने, स्थानिय तह र एकद्वार संकट व्यवस्थापन केन्द्र बिच समन्वय र सहकार्यलाइ थप बलियो बनाउने निर्णय गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए। माछापुच्छ्रे गाउपालिकाका उप (प्रमुख सीता अधिकारीले लैगिक हिंसा व्यवस्थापनमा पालिकाले प्रतिबद्धताका साथ काम गरेको जानकारी दिंदै थप मजबुत कार्यक्रम आउने वर्षमा समावेश गर्ने उल्लेख गरे।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता माल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर भरत खत्री, अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन सजना ढुंगाना, पालिकाका उप प्रमुखहरू सहितले आ(आफ्नो धारणा ब्यक्त गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो