पोखरा महानगरपालिका वडा २६ ले आगामी आव २०८१/०८२ का योजना छनोट गर्ने जिम्मा महिलालाई दिएको छ ।
मातृशक्तिमा समन्यायिक बजेट विनियोजन र आवश्यकता पहिचान गर्ने क्षमता हुने भएकाले योजना छनोटको जिम्मा वडाका आमा तथा महिला समूहलाई दिइएको वडाध्यक्ष नरेन्द्र थापाले बताए ।
उनीहरुलाई १ करोडको बजेट सिलिङभित्र सबैलाई समेट्ने गरी योजना ल्याउन अध्यक्ष थापाले आग्रह गरे । बजेट निर्माणमा पुरुषले कुनै हस्तक्षेप नगर्ने उल्लेख गर्दै वडाध्यक्ष थापाले महिला जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार र महिला समूहतर्फबाट अम्रिता बराललाई समन्वय गर्ने जिम्मेवारी दिइएको बताए ।
वडाले सोमबार महिला तथा आमा समूह, युवा, बालबालिका एवं विभिन्न संघसंस्थाका प्रतिनिधि र दलका स्थानीय नेतृत्वलाई स्थलगत अध्ययन र चालु आवमा कामको प्रगतिबारे वडाभ्रमण गराएको थियो । भ्रमणपछि वडाध्यक्ष थापाले भौतिक पूर्वाधारतर्फ देखिने गरी विकास भएको उल्लेख गर्दै अब मानवीय संशाधन विकासमा जोड दिइने बताए ।
पूर्वन्यायाधीश बासुदेव न्यौपानेले जनतालाई विकास, समस्या र समाधानका लागि स्थलगत रुपमै भ्रमण गराएर वडाले नमुना कार्य गरेको बताए ।
कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्था अध्यक्ष मुरारी शर्मा, स्थानीय हरिप्रसाद अधिकारी, अमृता बराल, आदर्शमोहन भट्टराई लगायतले योजना छनोट विधि महानगरमै नमुना भएको बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन