पोखरा । नेपाल स्केटबोर्ड संघको आयोजनामा पोखरामा शुक्रबार ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगिता भएको छ ।
विश्व स्केटबोर्ड दिवसको अवसरमा आयोजित प्रतियोगितामा समिर भण्डारी प्रथम भए । सुमित गुरुङ द्वितिय र अनिस गुरुङ तृतिय भएको प्रतियोगिता संयोजक तारानाथ अधिकारीले जानकारी दिए । प्रथम भएका समिरले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । द्वितिय भएका सुमितले स्केट ट्रक र तृतिय बनेका अनिसले सेफ्टी प्याडसहित मेडल र प्रमाणपत्र हात पारे ।
प्रतियोगिता संयोजक अधिकारीका अनुुसार स्केटबोर्ड ट्रिक्समा पेम्थिलिङ शेर्पा प्रथम, अनिस गुरुङ द्वितिय र सुमित गुरुङ तृतिय भए । स्केट बिएमएक्स साइकल प्रतियोगितामा निशान राना प्रथम र सुरज विक द्वितिय बने । उनीहरुसँगै प्रतियोगितामा कम उमेरका सहभागी श्रवण कोइरालालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको संयोजक अधिकारीले जानकारी दिए । प्रतियोगितामा १३ जना खेलाडीले सहभागिता जनाएका थिए ।
विजेता खेलाडीहरुलाई पर्यटन व्यावसायी तथा पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई, नेपाल स्केट बोर्ड संघका अध्यक्ष रामचन्द्र कोइराला, बरिष्ठ उपाध्यक्ष सुनिल क्षेत्री, उपाध्यक्ष विश्वराज पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।
पर्यटन व्यावसायी तथा पूर्व बक्सिङ खेलाडी भट्टराईले खेलकुद सहरको गहना भएको बताए । ‘खेलकुद सहरको गहना हो । जुन सिटीमा खेलकुद हुन्छ भने त्यो समृद्ध सिटी हो,’ उनले भने, ‘अनि विश्वमा नेपाल चिनाएको एउटा हिमालले हो अर्को भनेको खेलकुदले नै हो ।’ खेल क्षेत्रले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उनले सुनाए ।
नेपाल स्केट बोर्ड संघका अध्यक्ष रामचन्द्र कोइराला, कार्यक्रम संयोजक तारानाथ अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव सुनबहादुर लामालगायतले स्केटबोर्ड खेल विकासका लागि सरकारले लगानी थप्नुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?