पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षातको समयमा बाटो हिड्न कठिन भएको गुनासो गरे । उनले पानी सडकबाट बग्दा दुर्घटनासमेत भोग्नुपरेको दुखेसो सुनाए । उनले गुनासो गरेअनुुसार वडा क्षेत्रमात्र होइन पोखराका अधिकांश क्षेत्रका नालाबाट पानी बग्दैनन् ।
बर्खाको समयमा वर्षातसँग पोखराका सडकसडकमा पानी बग्छ र सडकमा हिड्ने सवारी साधनदेखि पैदल यात्रीलाई यात्रा गर्न कठिन गराउँछ । सोही विषयमा बरालले वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराललाई नालाको निकास खोज्न आग्रह गरेका हुन् ।
पोखरा ८ को आर्थिक वर्ष २०८०/८१ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा बरालले सडकमा पानी बग्दा मानिस समेत बगाउने गरेको दु:खेसो पोखे । उनले नालामा फोहोर मैला अड्एिर पानी बग्न नसकेको बताए ।
‘सडकमा पानीको भल बगेको छ । मोटरसाइकल पनि लडेको छ । स्कुटर पनि लडेको छ । मान्छे पनि बगाएको छ । के छ समस्या भने देखि सिद्धार्थ चोकदेखि तल सडकका नालाहरु सबै बन्द भएका छन् । नाला बन्द हुँदा पानी बाटोमा निस्कन्छ । अनि दुर्घटना हुन्छ,’ उनले भने ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासी क्रान्ति अधिकारीले वडा कार्यालयले टुक्रे योजना बनाउँदा बजेट हिनामिना भएको बताइन् । सिमान्तकृत र विपन्नलाई योजना छनोटमा सहभागी बनाउन उनले आग्रह गरिन् ।
अधिकारीले भनिन्, ‘टुक्रे योजनाले हाम्रो बजेट चाहिँ अलि हिनामिना भएको हो कि जस्तो मलाई लागेको छ । त्यस्तै अति विपन्न र सिमान्तकृत वर्गलाई योजना छनोटमा सहभागी बनाउन पाएको भए वडामा अझ राम्रो हुन्थ्यो ।’
प्रश्नको जवाफ दिँदै वडाध्यक्ष रुद्रनाथ बरालले नाला सफा गर्ने कुरामा आगामी वर्ष बजेटमा समावेश गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उपभोक्तामार्फत आए बजेट समावेश गर्न पनि सहज हुने वडाध्यक्ष बरालले सुनाए । ‘यो झरीमा नाला बन्दै भइराख्छन् । अघिल्लो वर्ष बजेट नहुँदाखेरि हामीले गर्न सकेनौं । यो वर्ष त्यसलाई बजेटमा समावेश गर्ने प्रयास गरेका छौं,’ उनले भने ।
कार्यक्रममा सहभागीले वडा कार्यालयले हालसम्म गरेको काम सन्तोषजनक रहेको बताएका थिए । उनीहरुले केही कार्यक्रम वडा कार्यालयले समेटेर जानुपर्ने सुझाव व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागीको गुनासो समेटेर जाने वडाध्यक्ष बरालले प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला