लमजुङको बेसीसहर नगरपालिका–११ चिति स्याउतमा गएराति पहिरोले पुरिंदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन्।
पहिरोमा परी उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन्।
घाइते दुबै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको हो।
यस्तै, लमजुङको क्ब्होंलासोथर गाउँपालिका–३ उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति गएको पहिरोमा परी ४ जनाको बेपत्ता भएका छन्।
प्रहरीका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाउँदा चारजना बेपत्ता भएका हुन्।
पहिरोमा परी ६९ वर्षीय रूद्रमान गुरूङ, बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरूङ, दुई नातिनीहरू ७ वर्षीया ईच्छा गुरूङ र ५ वर्षीया नम्रता गुरूङ बेपत्ता भएका छन्। पहिरोमा परि चित्रका भाइ ३६ वर्षीय भिमबहादुर घले भने घाइते भएका छन्।
घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली पुगेको छ। पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
गएराती गएको पहिरोले बेसीसहर चामे सडकखण्ड बन्द भएको छ।
सम्बन्धित खबर
पोखरामा मनाइयो राष्ट्रिय कर दिवस, उत्कृष्ट करदाता सम्मानित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट