मनसुनी वर्षा सक्रिय भएपछि मङ्गलबार रातिबाट लगातार भारी वर्षा भइरहेको छ । वर्षाका कारण नदीका सतहहरू बढेका छन् । पो
अविरल वर्षापछि बिहान ६:३० बजे विजयपुर खोला नजिकै पोखरा महानगरपालिका वडा नं. १४ चाउथे, आनन्द टोलस्थित घट्टेकुलोमा पानीको बहाव बढ्दा पृथ्वी राजमार्ग सडक खण्ड भासिएको छ । झन्डै ५ मिटर लम्बाइ र १.५ मिटर चौडाइ सडक घट्टेकुलोको पानीले काटेको छ ।
उक्त स्थानदेखि १० मिटर अगाडि सडक खण्डमा अर्कोतर्फको ७ मिटर लम्बाइ र १ मिटर चौडाइ भासिएर खसेको छ । हाल सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको र अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
वर्षाका कारण पोखरा ७ र पोखरा ३३ का केही घर डुबानमा परेका छन् ।
पोखरा-७ गैरीखेतमा दुई घर डुबानमा परेको छ । सथानीय कुमार सुनार र रेशम गुरूङको घरमा डुबानमा परेको हो । डुबानले जनजीवन प्रभावित पारेको छ । उक्त घरमा प्रहरीले मोटरद्वारा पानी तानेर उद्धार कार्य गरिहेको छ ।
पोखरा-३३ बागमारास्थित सिप्लिङतारा टोलमा अविरल बर्षा पछि तीन घर डुबानमा परेको छ । स्थानीय राम्जी बास्तोला, सुमन विक र बाबुराम बस्नेतको घर डुबानमा परेको हो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधवार बिहान जारी गरेको नियमित बुलेटिनमा केही स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो