पोखरा । सर्वोच्च अदालतले तत्कालका लागि पदमा फर्काएसँगै गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा आज प्रदेशसभा बैठकका लागि पुगे । तर, प्रदेश सभा बैठकमा प्रवेश गर्न लागेका फणिन्द्रलाई मर्यादा पालकले रोक लगाए । उनी ढोकाबाटै फर्किए ।
गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले तयारी नपुगेका कारण सांसद देवकोटालाई बैठकमा सहभागी नबनाइएको बताएका छन् ।
पार्टीको ह्वीप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै फणिन्द्रमाथि जेठ ३२ गते माओवादी केन्द्रले कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएसँगै फणन्द्रिको पद जोगिएको थियो ।
बैठकपछि सभामुख धितालले भने‘केही तयारी नपुगेको कारणले उहाँलाई सहभागी नबनाएको हो । यो प्राविधिक कुरा हो । मैले अध्ययन पनि गर्न पाएको थिएन । कानूनी साथीहरुसँग सल्लाह गरेर प्रक्रिया अगाडि बढाउँछु ।’
मुख्यमन्त्री कार्यालयबाट भने सांसद फणिन्द्र देवकोटालाई मन्त्रीको सपथ खुवाउन प्रदेश प्रमुख कार्यालयलाई तयारी गर्न भनिसकेको थियो । उनलाई मन्त्री पदमा पुनः नियुक्ति गरी आज विहीबार साँझ ५ः३० बजे सपथ खुवाउने तयारीमा मुख्यमन्त्री थिए । तर, संसदमै प्रक्रिया नसकिएकाले नियुक्ति र सपथ भएन ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएर सत्तामा काँग्रेस स्थापित गरिदिएका फणिन्द्रले उपहार स्वरुप उर्जा तथा जलश्रोत मन्त्रालय पाएका थिए । सांसद पद गएसँगै उनको मन्त्री पनि गएको थियो । पाण्डेले अहिले सोहि मन्त्रालयमा पुनः नियुक्ति गर्न लागेका हुन् ।
सपथका लागि प्रदेश प्रमुख कार्यालयले सबै तयारी गरिसकेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन