काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक भएको छ ।
कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायांकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा फिल्मका केही दृश्यहरुलाई पनि स्थान दिइएको छ ।
राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ । पछिल्लो पटक फिल्म ‘पसिना’मा देखिएकी नायिका अनु शाह ५ वर्ष पछि ‘ईश्वर’मार्फत अभिनयमा कमव्याक गरेकी छन् ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्ममा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।
फिल्ममा अर्जुन पोखरेल, संगीत, कविराज गहतराज, कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ ।
सम्बन्धित खबर
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
‘महापुरुष’ लक्ष्मीपूजादेखि युट्युवमा रिलिज हुने
गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]
अधिकारीको नयाँ भजन ‘सयथरी व्यथा’ सार्वजनिक [भिडियो]
‘ईश्वर’को ‘पूरा भयो सपना मेरो’ [भिडियो]
‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ [भिडियो]
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य