पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आवधिक प्रकाशन गार्डेन दर्पण एक समारोहका बीच लोकार्पण गरिएको छ ।
दर्पणको लायन वर्ष २०२३/२४ का जोन २८ का चियर पर्सन पूर्णमान लालचन, क्लब अध्यक्ष तुलबहादुर रानाभाट, समाजसेवी यमबहादुर गुरुङ, रमा पराशर र इलेक्ट अध्यक्ष ई. सुजित बिजुक्छेले संयुक्तरूपमा लोकापर्ण गरे ।
कार्यक्रमका प्रमुख अतिथि पूर्णमान लालचनले क्लबले क्लबका गतिविधिसहित प्रकाशित गरेको गार्डेन दर्पणलाई आफ्नो कार्यकालको महत्वपूर्ण प्राप्तिका रूपमा लिएको बताए ।
अतिथि लालचनले सेवाका स्तरीय कार्यक्रम गर्न संख्या धेरै आवश्यक नपर्ने बताउँदै ४०–५० जना सदस्य रहेका क्लबले भन्दा सेन्ट्रल गार्डेनले गरेका नमूना कार्यबाट आफू निकै प्रभावित भएको धारणासमेत राखे ।
समाजसेवी यमबहादुर गुरुङले सेवाका क्षेत्रमा क्रियाशील रहँदै गर्दा सेन्ट्रल गार्डेनसँग जोडिन पाउनु आफूका लागि खुसीको कुरा भएको बताए ।
क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले विभिन्न क्लबले प्रकाशित गर्ने विभिन्न प्रकृतिका स्मारिकाको सिको भन्दा केही सिकाउन सकियोस् भन्ने उद्देश्यले किताब प्रकाशित गरिएको जानकारी दिए ।
पूर्व अध्यक्ष मिना रानाभाटले क्लबलाई आफूले एउटा सेवाको सुन्दर मञ्चा रूपमा पाएको बताइन् ।
दर्पणका प्रधान सम्पादक असफल गौतमले हरेक व्यक्तिको व्यक्तित्व बाहिरी आवरणबाट नभएर चेतनाको स्तरबाट झल्कने भएकाले सभ्य समाज निर्माणमा चेतनशील समूह जागरुक हुन आवश्यक रहेको बताए ।
क्लबले विभिन्न कार्यक्रम सफल पार्न सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई सम्मानसमेत गरेको छ । यसरी सम्मानित हुनेमा नेलम्बो नेपाल, डागर स्मृति प्रतिष्ठान, समाजसेवी यमबहादुर गुरुङ, सञ्जिपबहादुर बराल, ओमकृष्ण गुरुङ, महेशकुमार विश्वकर्मा रहेका छन् ।
लायन वर्ष २०२३/२४ का अध्यक्ष तुलबहादुर रानाभाटले क्लबका सबै साथीहरूको सक्रिय साथ र सहयोगले उत्कृष्ट गतिविधि सञ्चालन गर्न सकेको बताए ।
सोही समारोहबीच क्लबले नवनिर्वाचित अध्यक्ष ई. सुजित बिजुक्छेलाई माइन्युट हस्तान्तरण तथा संस्थापक सदस्यलाई प्रोत्साहन सम्मानसमेत गरेको छ ।
सम्बन्धित खबर
वालिङ खेलमैदानबाट लागूऔषध मुद्दाका फरार भीरकोटका युवक पक्राउ, कास्की पठाइयो
विश्वकपमा नेपालका खेलहरू पोखरामा बिग स्क्रिनमा लाइभ हेर्न पाइने
प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड खेल्ने
११५ ग्राम गाँजासहित लागूऔषध सेवन गरिरहेका पाँच जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण