पोखरा वडा नं. १५ नयाँ गाउँमा अवस्थित आइएसएमटी कलेज पोखरामा स्पोर्टस् मीट सम्पन्न भएको छ । कलेजमा अध्ययनरत छात्र र छात्राबीच आधा दर्जन बढी खेलहरु खेलाइएको थियो ।
ब्याडमिन्टन, टेबलटेनिस, चेस, उनो, बास्केटबल, फुटसल र पुल खेलमा विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।
कलेजका अपरेशन म्यानेजर शिव पौडेलका अनुसार ब्याडमिन्टन छात्रतर्फ बिस्मित वाग्ले प्रथम, सुलभ थापा द्वितीय भए । डबलतर्फ गौरव बराल र सक्षम रानाको स्मास ब्रोज् प्रथम, बिस्मित वाग्ले र आशिष थापाको र्याकेट रुलर्स दोस्रो भयो ।
ब्याडमिन्टन छात्रातर्फ रोशनी थापा विजेता हुँदा एलिशा केसी उपविजेता बनिन् । डबलतर्फ रोशनी थापा र एलिशा केसीको सटल सिस्टर्स विजेता र एलिना श्रेष्ठ र करुण भण्डारीको नेट निन्जास् उपविजेता बन्यो ।
टेबलटेनिस छात्रतर्फ बिकल कार्की प्रथम, विपिन पौडेल दोस्रो बने । डबल्सतर्फ बिकल कार्की र संगम प्रधानको एस् एभन्जर प्रथम, सन्दीप श्रेष्ठ र आशिष बानियाँको स्पिन मास्टर दोस्रो बन्यो ।

टेबलटेनिस छात्रा तर्फ रोशनी थापा प्रथम, एलिशा केसी दोस्रो बनिन् । डबल्सतर्फ रोशनी थापा र एलिशा केसीको स्पिन सिस्टर्स प्रथम, एलिना श्रेष्ठ र करुण भण्डारीको र्याली क्वीन्स दोस्रो बने ।
चेसतर्फ सफल कार्की विजेता हुँदा संगम प्रधान उपविजेता बने । उनोमा आशिष बानियाँ प्रथम भए भने शुलभ थापा दोस्रो बने ।
बास्केटबल छात्रतर्फ तविन पाइजाको टोली(एल.ए लेकर्स) विजेता बन्यो भने जोन गुरुङको टोली (गोल्डेन वोरियार्स) उपविजेता बन्यो ।
फुटसल छात्रातर्फ एलिसा के.सीको समूह विजेता घोषित भयो । फुटसल छात्रतर्फ शुलभ थापाको टीम (टीम डीबगर्स) प्रथम हुँदा सन्दिप श्रेष्ठको टीम(टीम हसिना) दोस्रो भयो ।
पुल खेलको छात्रतर्फ सुमित पुन विजेता र सोहन थापा उपविजेता भए । छात्रा तर्फ रोशनी थापा विजेता घोषित भइन् ।

आइएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।
आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ, चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।
कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो