पोखरा । नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा परी ज्यान गुमाएका निस्सिम थापा मगरको शालिक अनावरण गरिएको छ ।
पोखरा रंगशालामा निर्मित स्व. निस्सिमको शालिकको आज एक कार्यक्रम गरी अनावरण गरिएको हो।
शालिकको अनावरण निस्सिमका बुबा प्रकाश थापा र आमा सावित्री थापा मोक्तानले गरेका हुन् । २०७९ को असोज र कात्तिकमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबबाट सहभागी भएका निस्सिमले प्याराग्लाइडिङ प्रतिष्पर्धाका क्रममा ज्यान गुमाएका थिए ।
आर्मीबाट क्रस कन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका थापा एक सय मिटर माथिबाट जमिनमा खस्दा निधन भएको थियो । निस्सिम थापा फाउन्डेसनले सरकारको आर्थिक सहयोगमा शालिक निर्माण गरेको हो ।
शालिक निर्माणका लागि २१ लाख लगानी भएको फाउण्डेशनका अध्यक्षसमेत रहेका स्व.निस्सिमका बुबा प्रकाश थापाले जानकारी दिए । उनले नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङ्ग्लाइडिङ एशोशिएशन नेफाका तत्कालीन पदाधिकारीको लापरवाहीका कारण निस्सिमको ज्यान गएको आरोप लगाए ।

सम्बन्धित समाचारः
पोखराका प्यारापाइलट निस्सिम थापाको मृत्यु आयोजकको गम्भीर लापरबाहीले भएको परिवारको दाबी [भिडियो]
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन