पोखरा । तनहुँकी एकजना नाबालिकालाई अपहरणपछि बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।
असार १७ गते बिहान ११ बजे तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पुबाट नाबालिकालाई फकाएर पोखरा रानीपौवामा रहेको कोठामा ल्याई रातको समयमा सामूहिक बलात्कार गरेको खुलेको प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले बताएका छन् ।
नाबालिकालाई ग ८ प ४२८० नम्बरको मोटरसाइकलमा राखेर पोखरा महानगरपालिका ११ रानीपौवास्थित कोठामा ल्याइएको प्रहरीले जनाएको छ । पोखरा ल्याएर ती नाबालिकालाई दुवैजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका १० गोपालपुर घर भई पोखरा ११ रानीपौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारतको बिहार प्रदेश सीतामढी डुमरा थाना सुरसड पक्ष्मी १ सुरसड गाउँका १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन् ।
नाबालिकालाई बन्धक बनाएर बलात्कारपछि पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा महानगरपालिका ३० पावरहाउसबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूविरूद्ध कास्की जिल्ला अदालतबाट अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा ८ दिन म्याद लिएर अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो