पोखरामा पहिरोले घर पुरिँदा २२ वर्षीय युवकको मृत्यु, आमाको उद्धार

विपद्

पोखरामा पहिरोले घर पुरिँदा २२ वर्षीय युवकको मृत्यु, आमाको उद्धार

sahelipakha

तस्वीरः जितेन्द्र क्षेत्री

पोखरामा आज बिहान ४ बजे पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका– २७ सहेलापाखा, कटहरको बोट स्थित मन बहादुर थापा क्षेत्रीको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिँदा २२ वर्षीय भिम थापा क्षेत्रीको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएकाे छ ।

ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले बिहान ७ बजे भिमलाई मृत अवस्थामा फेला पारी बाहिर निकालको हो ।

प्रहरीले भिमकी आमा ५० वर्षीया कमला थापालाई भने सकुशल उद्धार गरेको छ । मनबहादुर भने कामको सिलसिलामा पोखरामा रहेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds