अर्जेन्टिनाका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।
अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत बुधवार बिहान न्युयोर्कमा भएको खेलमा क्यानडाविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन् ।
यससँगै अन्तर्राष्ट्रिय फूटबलमा मेसीको नाममा १०९ गोल भएको छ । उनले इरानका अली देईको कीर्तिमान बराबरी गरेका हुन् ।
मेसीले अर्जेन्टिनाका लागि १८६ खेल खेल्दै १०९ गोल गरेका हुन् । मेसीभन्दा अघि अब पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मात्र छन् । उनले २१२ खेल खेल्दै १३० गोल गरेका छन् ।
साविक विजेता अर्जेन्टिना क्यानडालाई २–० गोल अन्तरले हराउँदै कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।
क्यानडाविरुद्ध अर्जेन्टिनाको जीतमा कप्तान मेसीसँगै जुलियन अल्भारेजले गोल गरे । जारी प्रतियोगितामा मेसीले पहिलो गोल गरेका हुन् ।
खेलको २२ औँ मिनेटमा नै अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ५२ औँ मिनेटमा गोल गर्दै मेसीले अग्रता दोब्बर बनाएका हुन् । यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि अर्जेन्टिनाले खेल २–० ले जितेको हो ।
अब अर्जेन्टिनाले उरुग्वे र कोलम्बियाको विजेतासँग उपाधि भिडन्त गर्नेछ ।
अर्जेन्टिना कोपा अमेरिकाको लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु