अर्जेन्टिनाका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।
अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत बुधवार बिहान न्युयोर्कमा भएको खेलमा क्यानडाविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन् ।
यससँगै अन्तर्राष्ट्रिय फूटबलमा मेसीको नाममा १०९ गोल भएको छ । उनले इरानका अली देईको कीर्तिमान बराबरी गरेका हुन् ।
मेसीले अर्जेन्टिनाका लागि १८६ खेल खेल्दै १०९ गोल गरेका हुन् । मेसीभन्दा अघि अब पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मात्र छन् । उनले २१२ खेल खेल्दै १३० गोल गरेका छन् ।
साविक विजेता अर्जेन्टिना क्यानडालाई २–० गोल अन्तरले हराउँदै कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।
क्यानडाविरुद्ध अर्जेन्टिनाको जीतमा कप्तान मेसीसँगै जुलियन अल्भारेजले गोल गरे । जारी प्रतियोगितामा मेसीले पहिलो गोल गरेका हुन् ।
खेलको २२ औँ मिनेटमा नै अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ५२ औँ मिनेटमा गोल गर्दै मेसीले अग्रता दोब्बर बनाएका हुन् । यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि अर्जेन्टिनाले खेल २–० ले जितेको हो ।
अब अर्जेन्टिनाले उरुग्वे र कोलम्बियाको विजेतासँग उपाधि भिडन्त गर्नेछ ।
अर्जेन्टिना कोपा अमेरिकाको लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ ।
सम्बन्धित खबर
टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न
नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ : अरुणा शाही र विश्वास अधिकारी सर्वोत्कृष्ट
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीले जित्यो
लायन्स कप भलिबलः एपिएफलाई हराउँदै आर्मी तेस्रो
उदीयमान खेलाडीमा बादल, जितबहादुर र रचनाको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड?
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति