प्रशासन कार्यालय स्याङ्जाले सेवाग्राहीको सहजताका लागि नि:शुल्क स्वास्थ्य सहायता कक्ष(हेल्प डेस्क) स्थापना गरेको छ । प्रशासन कार्यालय स्याङ्जामा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिने उद्देश्यले नि:शुल्क हेल्प डेस्क स्थापना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा राष्ट्रिय परिचयपत्र बनाउनका लागि विषेशगरी जेष्ठ नागरिकहरुको भिडलाई सेवा दिनका लागि सो सुविधा थप गरेको प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको व्यवस्थापन र पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गर्दै हेल्प डेस्क स्थापना गरिएको हो । गाउँगाउँबाट प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन र अन्य सेवा लिन आउने वृद्धवृद्धाहरु साथै सेवा लिन आउने जो कोहीले आफ्नो स्वास्थ्य अवस्था बारे बुझ्नका लागि हेल्प डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सहयोगमा अफिस समयसम्म एम्बुलेन्स जिल्ला प्रशासनमा तयार अवस्थामा रहनेछ भने पुतलीबजार नगरपालिकाले एकजना स्वास्थ्यकर्मी व्यवस्था गर्नेछ र एकजना कर्मचारी रेडक्रसबाट रहनेछन् ।
त्यस्तै, सहायक प्रजिअ दिपक पौडेलले कार्यालय समयसम्म स्वास्थ्य सेवा उपलब्ध गराइनुका साथै प्रशासनमा सेवा लिन आउने कोही बिरामी भएमा प्रारम्भिक औषधि रेडक्रसले व्यवस्था गर्ने बताए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ