पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको २०२४–२६ का लागि सम्पन्न निर्वाचनमा सर्वज्ञ वाग्ले ८५९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी विमला निरौला ५९५ मतसहित उपविजेता भइन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा ९५४ मतसहित लालगोपाल सुवेदी विजयी हुँदा अर्का प्रत्यासी राजेन्द्र श्रेष्ठ ४८८ मतसहित उपविजेता भए ।
समितिको अमेरिका उपाध्यक्षमा सुदीपभद्र खनाल ८१८ मतसहित विजेता हुँदा प्रत्यासी महेश्वर पन्तले ६२२ मतसहित उपविजेतामा चित्त बुझाउन परेको छ ।
एसिया उपाध्यक्षमा नेपालबाट सरिता अर्याल ७४९ मतले निर्वाचित हुँदा दिनेशराज ज्ञवाली ६७५ मतसहित उपविजेता भए ।
सर्वाधिक चासोका साथ हेरिने महासचिवमा राजु सिटौला ८५५ मतसहित विजेता हुँदा कृष्ण गिरीले ५८४ मत प्राप्त गरेका छन् ।
७२ घण्टासम्म चलेको अनलाइन मतदानमा २८१९ जना आजीवन सदस्यमध्ये १४७३ मत अर्थात् कुल ५२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत गुणराज लुइटेलले जानकारी दिए । समितिले यस पटकको निर्वाचनमा नो भोटको समेत व्यवस्था गरेको अधिकृत लुइटेल थप जानकारी दिए ।
समितिको युरोप उपाध्यक्षमा डिल्लीराम अम्गाई, ओशिवाना उपाध्यक्षमा हरिप्रसाद अधिकारी, अमेरिका उपाध्यक्षमा गणेश खड्का, जापान सचिवमा रविन शर्मा, कोषाध्यक्षमा तारा अधिकारी र सदस्यमा पुष्पा खनाल, सुमन वर्षा, दीप कार्की, रत्ना लोक्सोम सुब्बा, तारा उप्रेती निर्विरोध निर्वाचित भइसकेको निर्वाचत अधिकृत डा. चूडामणि खनालले जानकारी दिए ।
निर्वाचनमा अध्यक्षमा १९, वरिष्ठ उपाध्यक्षमा ३१, अमेरिका उपाध्यक्षमा ३३, एसिया उपाध्यक्षमा ३४ नो भोट परेको निर्वाचन अधिकृत डा कविता घिमिरेले जानकारी दिइन् ।
यसैगरी, नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्लेले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै आफूले अनेसासको गौरव र गरिमा बढाउनका लागि गरेका सम्पूर्ण योजनाको सफलता प्राप्तिका लागि सबैसँग हातेमालो गरेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन