पोखरा नदीपुरस्थित प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरीले आइतबार उक्त प्राक्टिस नेटको उद्घाटन गरेका छन् ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालय परिसरभित्र क्रिकेटको मापदण्ड अनुसारको दुइवटा प्राक्टिस नेट बनाईएको छ । जहाँ क्रिकेटमा रुची राख्ने विद्यार्थीले अभ्यास गर्न पाउनेछन । ‘विद्यालयले नियमित अध्यापनसँगै खेलकुदमा पनि उत्तिकै ध्यान दिएको छ । त्यही भएर क्रिकेटको प्राक्टिस नेट तयार पारेका हौ । विद्यार्थीले नियमित अभ्यास गर्न पाउनेछन,’ उनले भने ।
विद्यालयले गत वर्ष पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेका थियो । त्यसपछि क्रिकेटमा बढी ध्यान दिएको सापकोटाले बताए । ‘विद्यार्थीसँग आ आफ्नै क्षमता हुन्छन । पछिल्लो समय क्रिकेटप्रति युवापुस्ताको रुची निकै नै बढेको छ,’ उनले भने, ‘विद्यार्थीलाई क्रिकेट खेलमा आकर्षण गर्नका लागि पनि अभ्यास नेट तयार पारेका हौ ।’ विद्यायले सामाजिक उत्तरदायित्व निभाउने क्रममा यसअघि क्रिकेटर सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ललाई सम्मान गरिसकेको छ ।
क्रिकेट नेट उद्घाटन अघि खेलाडी ऐरीसँग विद्यालयमा भेटघाट कार्यक्रम गरिएको थियो । उक्त भेटघाटमा विद्यार्थीहरु ऐरीसँग गफिएका थिए । विद्यार्थीसँगको छलफलको क्रममा ऐरीले हरेक खेलमा आफु सकारात्मक भाव लिएर खेल्ने बताए । ‘एउटा गेम सकिएपछि अर्काेको बारेमा सोच्ने हो । हार वा जित भईसकेको खेलबारे सोच्नुपर्दैन,’ उनले भने, ‘सकारात्मक सोचेर खेल्न जाने हो । कुनै पनि खेलमा जितबारे सोच्नुपर्छ, त्यसले सफलता पाउँछ ।’

आफु जहिल्यै अनुशासनमा रहेर खेल्ने उनले बताए । ‘म अनुशासनमा रहेर मेहनत गर्छु । त्यसले मलाई सफलता दिलाउँछ,’ ऐरीले विद्यार्थीलाई सुझाए, ‘कुनैपनि खेल क्षेत्रमा लाग्ने हो भने तलैदेखि आशावादी हुनुपर्छ ।’ उनले सरकारले कुनैपनि खेललाई प्राथमिकता दिनुपर्ने बताए । ‘सरकार र निजी क्षेत्र सबैको साथ रह्यो भने कुनैपनि खेल क्षेत्र अघि बढ्न सक्छ,’ उनले भने, ‘एउटा क्षेत्रको मात्र साथले हुँदैन ।’
क्रिकेटर ऐरी ग्रेस ईन्टरनेसनलका ब्रान्ड एम्बेसडर पनि हुन् । ग्रेस इन्टरनेशनल उच्च शिक्षाका लागि सहजीकरण गर्ने कन्सल्ट्यान्ट हो । कार्यक्रममा सहभागि ग्रेस इन्टरनेशनलका निर्देशक प्रदीपकुमार लम्सालले खेलाडी उत्पादनमा नियमितताको आवश्यक पर्ने बताए । ‘विद्यालयस्तरमै नियमित गतिविधि हुने हो भने खेलले गति लिन्छ,’ उनले भने । त्यस अवसरमा ग्रेस इन्टरनेशनलले विद्यालयलाई क्रिकेटका खेल सामाग्री पनि प्रदान गरेको थियो ।
उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष नारायण पौडेलले क्रिकेट खेलले सिंगो नेपाल र नेपालीको गौरव बढाएको बताए । ‘हारजित आफ्नो ठाउँमा छ । तर, नेपाली क्रिकेटरले अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राखेका छन,’ उनले भने, ‘ठूलो लगानी गर्ने मुलुकका अघि नेपालको खेलकुद क्षेत्रमा लगानी कम भएपनि क्रिकेटले नेपाललाई विश्वमै चिनाएको छ ।’
क्रिकेटमा खेलमा लगानी गर्दा विद्यार्थीलाई त्यस खेलप्रति लाग्न प्रेरणा मिल्ने पनि उनले बताए । ‘क्रिकेटमा पूर्वाधारमा हामिले थोरै भएपनी लगानी गरेका छौ । यो सुरुवाती लगानी हो । यो लगानीले विद्यार्थीलाई क्रिकेटमा लाग्न प्रेरणा मिल्नेछ,’ उनले भने, ‘खेलकुद मा लागेर पनि उच्च सुविधा पाइन्छ भन्ने विद्यार्थीलाई बुझाउन जरुरी छ । त्यसबाहेक विद्यार्थीको खुबी उजागर गर्न पनि यस्तो लगानी आवश्यक रहेको छ ।’
प्रतिभा
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प