पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेको हाइकिङका माध्यमबाट प्रचारप्रसार गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको ४९ औं श्रृङ्खलाको हाइकिङ गर्लाङमा गरिएको छ ।
हाइकर्सको समुहलाई स्वागत गर्दै पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यले आफ्नो वडामा पर्यटकीय क्षेत्रहरु धेरै भएको तर केहि मात्र प्रख्यात रहेकोमा गर्लाङ सामुदायिक होमस्टेको प्रचारप्रसार हुन नसकेको अवस्थामा हाइकर्स क्लबले हाइकिङ कार्यक्रम गरेकोमा आभार व्यक्त गरेका थिए ।
स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गरिदै आएकोमा पोखराबाट नजिक रहेर पनि प्रचारप्रसार नभएको होमस्टेको प्रचार गर्नको लागि गर्लाङ सामुदायिक होमस्टे लाई छनोट गरिएको क्लबका उपाध्यक्ष तथा हाइकिङ भाग ४९ का संयोजक ज्योति हमालले बताइन् ।
सो अवसरमा क्लबका कोषाध्यक्ष टीका आचार्यले हाइकर्स क्बल नेपालले सदस्यता वृद्धि अभियान थालेको वताउँदै साधारण सदस्यको लागि ५ सय र आजिवन सदस्यको लागि ३ हजार लाग्ने विधानमा उल्लेख गरिएको वताउँदै हाइकिङमा सहभागि हुनको लागि भने सदस्य नभएकाले पनि पाउने बताए । साथै उनले क्लबको कुनै पनि सदस्यता नलिएका सहभागीहरुले अतिरिक्त ५० रुपैया थप बुझाउनु् पर्ने क्लबको बैठकले निर्णय गरेको बताईन् ।
विगत ६ वर्षदेखि नियमित रुपमा संचालन हुँदै आएको हाइकिङमा हाल सम्म१० वर्ष देखि ७६ वर्षसम्म उमेरका विभिन्न पेशा व्यवसायमा आवद्ध, गृहणी तथा विदेशी नागरिक समेत हजारौं जनाको सहभागिता भएको रेडियो सफलताका स्टेशन म्यानेजर एवं क्लबका सचिव मधु अधिकारीले बताए ।
सो अवसरमा ७६ वर्षिय नेपाल प्रहरीका पुर्व सब इस्पेक्टर यामबहादुर रानाभाट, पर्यटन व्यवसायी विष्णु गुरुङ एकता, अधिबक्ता शिव रेग्मी, खोज मिडिया अध्यक्ष गणेश वज्र लामा, ट्रेकिङ गाइड निरमाया राना, शिक्षिक सरिता हमाल, गायिका दिलकुमारी खाँण, नेपाल पत्रकार महासंघ कास्कीकी कार्यलय सचिव प्रमिसा सिलवाल, पुस्तक व्यवसायी कृष्ण प्रसाद तिमिल्सिना, होटल व्यवसायी ओम भण्डारी, विद्यार्थी वर्षा रानाभाट, समाजसेवीहरु राजेन्द्र रानाभाट, नमबहादुर थापा, हर्क गुरुङ, सितला थापा, जिवन श्रेष्ठ, जुना गुरुङ, पत्रकारहरु घनश्याम पौडेल र नविन क्षेत्री, शर्मिला रानाभाट, आरति रानाभाट, राम कायस्थ, राजु थापा, जोसेफ ढुंगेल लगाएतको सहभागिता रहेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता
फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित
विष्णु र रामजीलाई पत्रकारिता सम्मान–पुरस्कार अर्पण
निर्वाचन नजिकिँदै स्याङ्जामा हतियार संकलन, ११८ मा ३६ थान मात्रै प्रहरीको जिम्मा
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ