इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै स्पेन चौथोपटक युरोपियन च्याम्पियन बनेको छ ।
स्पेन युरोको इतिहास चार उपाधि जित्ने पहिलो टिम बनेको हो । स्पेनले यअसघि सन् १९६४, २००८ र २०१२ गरी तीनपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।
सोमबार जर्मनीको बर्लिनमा भएको खेलमा स्पेनलाई जित दिलाउन निको विलियम्स र मिकेल ओयारजबलले गोल गरे । इंग्ल्यान्डका कोल पाल्मेरले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ४७औँ मिनेटमा विलियम्सको गोलमा स्पेनले अग्रता बनाएको थियो । तर, ७३औँ मिनेटमा पाल्मेरले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए ।
स्पेनबाट दोस्रो हाफमा मैदान प्रवेश गरेका ओयारजबल निर्णायक बने । ६८औँ मिनेटमा कप्तान अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका ओयारजबलले खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा गोल गर्दै स्पेनलाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक गोल बन्दा स्पेनले कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि चुमेको हो ।
इंग्ल्यान्ड भने लगातार दोस्रोपटक फाइनलमा पराजित भएको हो । यसअघि युरो–२०२० को फाइनलमा प्रवेश गरे पनि इटालीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा इंग्ल्यान्ड उपविजेता बेनको थियो ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान