चितवनको सिमलताल पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका व्यक्तिहरूको आफन्तलाई नि:शुल्क खाना र बासको व्यवस्था गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै बेपत्ता परिवार खोज्न चितवन पुगेका आफन्तहरूलाई नि:शुल्क खाना र बासको व्यवस्था गरिएको जानकारी दिए।
स्थानीय होटल व्यवसायीसँग समन्वय गरी खाना र बासको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।
गत शुक्रबार बिहान साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा दुई वटा बस बगाएको थियो।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँद गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नामको बस पहिरोले त्रिशुलीमा बगाएको थियो।
घटना भएको तीन दिन बित्दा समेत दुई वटै बस फेला पर्न सकेको छैन। सोमबार बिहानसम्म ११ जनाको शव फेला परेको छ। जसमध्ये पाँच जनाको सनाखत भएको छ।
मृतकहरू चितवनका विकास परियार, सर्लाहीका रमितकुमार माझी, भारतका ऋषिपाल शाह, जयप्रकाश ठाकुर र सजाद अन्सारी छन्।
पहिरो खस्दा तीन जनाले हामफालेर आफ्नो ज्यान जोगाएका थिए। तीन जना मध्ये दुई जनाको प्राथमिक उपचारपछि डिस्चार्ज भइसकेका छन्। एक जनाको शल्यक्रिया गरिएको प्रवक्ता डिजन भट्टराईले जानकारी दिए।
बस र बेपत्ता व्यक्तिको खोजी गर्न आधुनिक उपकरणको प्रयोग गरिरहेको प्राधिकरणले जनाएको छ। घटनास्थलदेखि ४० किलोमिटर तल गण्डक बाँधसम्म खोजी भइरहेको छ।
खोजी गर्न ५०० जना भन्दा बढी सुरक्षाकर्मी, २८ जना गोताखोर खटिएका छन्। एयर ड्रोन, वाटर ड्रोन, सोनार क्यामरा, बाइनोकुलर टेलिस्कोप, ठूला चुम्बक, राफ्ट बोट, कायक लगायत प्रयोग गरी खोजी गरिएका छन्।
सम्बन्धित खबर
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
मालपोत कार्यालयको नाम परिवर्तन
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’